विभिन्न कार्यक्रम आयोजना गरी अर्घाखाँचीमा मनाइयो नवौं अन्तर्राष्ट्रिय योग दिवस

| २०८० असार ६ गते १५: ४५ मा प्रकाशित

अशोक खनाल,अर्घाखाँची। “मानवताका लागि योग” भन्ने मुल नारासहित नवौं अन्तर्राष्ट्रिय योग दिवस अर्घाखाँचीमा आज विभिन्न कार्यक्रम आयोजना गरी मनाइएको छ ।

अन्तर्राष्ट्रिय योग दिवस हरेक वर्ष जुन २१ तारिखका दिन विभिन्न जनचेतनामूलक कार्यक्रम आयोजना गरी मनाइन्छ । संयुक्त राष्ट्र सङ्घको महासभाले सन् २०१४ मा गरेको निर्णयअनुसार सन् २०१५ जुन २१ देखि अन्तर्राष्ट्रिय योग दिवस मनाउन थालिएको हो ।

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले संयुक्त राष्ट्र सङ्घको ६९ औँ महासभामा योग सबैका लागि सधैँका लागि आवश्यक भएकाले अन्तर्राष्ट्रिय योग दिवसको घोषणा गर्न प्रस्ताव गर्नुभएको थियो । सो प्रस्तावलाई संयूक्त राष्ट्र संघको महासभाले स्विकार गरेको थियो भने नेपालका तत्कालिन प्रधानमन्त्री स्व। शुसिल कोईरालाले समर्थन गरेका थिए । यो प्रस्तावलाई हाल विश्वका धेरै देशले समर्थन गरिसकेका छन ।

वैदिककालमा हिमालयको काखमा ऋषिमुनिले अध्ययन अनुसन्धान गरी प्रतिपादन गरेको योग नेपालमै लुप्त प्रायः बनेको थियो । यही क्षेत्रबाट पुनःजागरण गर्न दिवस घोषणा गरी जनचेतना जगाउने काम सुरु भएको छ ।

प्राचीनकालमा योग, ध्यान र आयुर्वेदका माध्यमबाट मानसिक शान्ति एवं स्थिरता र आरोग्यता प्राप्ति हुन्थ्यो । आधुनिक युगको प्रभावमा यसलाई चटक्क बिर्सिएका नेपाली युरोप र अमेरिकामा उपचार र सुख शान्तिका लागि बढी जान थालेपछि योगतिर आकर्षित हुन थालेका हुन् ।

संयुक्त राष्ट्रसंघले योगलाई शताब्दी विकासको सूचकांकका रुपमा समेत राखेको छ । योगलाई शारीरिक रुपमा स्वस्थ, मानसिक रुपमा शान्त र आध्यात्मिक चेतका साथ जिउन सिकाउने कलाको रुपमा चिनिन्छ । योगले मानिसको जीवनशैली अनुशासित बनाउनुका साथै शारीरिक र मानसिक रुपमा चुस्त राख्न मद्दत गर्ने योग गुरुहरु बताउँछन् ।

योगको नियमित अभ्यासबाट स्वास्थ्य राम्रो, कार्यक्षमतामा वृद्धि, चिन्तामुक्त, मानसिक शान्ति, रोग प्रतिरोधी क्षमतामा बढोत्तरी, शरीर, मन र आत्माबीचको समन्वय, सकारात्मक सोचको विकास, अनावश्यक विचारबाट मुक्ति, ऊर्जा प्राप्ति, आत्म ज्ञान प्राप्ति लगायत सकारात्मक गुणको विकास हुन्छ ।

यसैविच जिल्ला स्तरीय मुल समारोहको आयोजना तथा अर्घाखाँची आयुर्वेद स्वास्थ्य केन्द्र सन्धिखर्कको समन्वय तथा सञ्चालनमा आज अन्तराष्ट्रिय योग दिवसको अवसरमा विभिन्न योग साधना सम्बन्धि नारा अंकित प्लेकार्ड लिएर सन्धिखर्क बजारमा प्रभातफेरी ,योग, ध्यान, प्रवचन लगायतका बिविध कार्यक्रम गरी मनाईयो।

कार्यक्रम जिल्ला स्तरीय मुल समारोह समितिका अध्यक्ष श्रीमान प्रमुख जिल्ला अधिकारी कमलराज ढकालको अभ्यक्षता, जिल्ला समन्वय समिति अर्घाखाँचीका प्रमुख जिवनारायण कोईरालाको प्रमुख आथित्यता, सन्धिखर्क नगरपालिकाका नगर प्रमुख श्री कृण्ण प्रसाद श्रेष्ठको विशेष आथित्यतामा सम्पन्न कार्यक्रममा अर्घाखाँची जिल्ला अदालतका श्रेष्तेदार महेश खनाल, ईश्वरी बक्स गुल्मका गुल्मपति बासुदेव पंगेनि, प्रहरि नायव उपरिक्षक मुकुन्द प्रसाद रिजाल, शसस्त्र प्रहरि बल ३६ नं गुल्मका गुल्मपति संगम श्रेष्ठ ,प्रमुख अनुसन्धान अधिकृत ईश्वरी आचार्य, सिंचाई विकास डिभिजन कार्यालयका सिनियर डिभिजनल ईन्जिनियर धुर्वराज पौडेल, प्रमुख कोष नियन्त्रक दिपक अधिकारी ,आयुर्वेद स्वास्थ्य केन्द्र सञ्चालन तथा ब्यवस्थापन समितिका अध्यक्ष कृण्ण प्रसाद भुसाल, महिला सदस्य कमला खनाल भण्डारी, पतञ्जलि योग समितिका जिल्ला अध्यक्ष प्रेम नारायण पोख्रेल, ब्रहमकुमारी ईश्वरिय विश्वविद्यालयकि प्रमुख पूर्णिमा ब्रहमकुमारी, पत्रकार महासंघका अध्यक्ष अशोक कुमार खनाल लगायत आयुर्वेद स्वास्थ्य केन्द्र तथा पतंजलि योग केन्द्र तथा ब्रहमकुमारी राजयोग प्रशिक्षण केन्द्रमा नियमित योग साधनामा सम्मिलित योग गुरु तथा योग साधकहरु, कर्मचारीहरु, सुरक्षाकर्मिहरु तथा सञ्चारकर्मिहरुको उपस्थिति रहेको थियो ।

कार्यक्रममा उपस्थित अतिथिहरुलाई स्वागत आयुर्वेद स्वास्थ्य केन्द्र सञ्चालन तथा ब्यवस्थापन समितिका अध्यक्ष कृण्ण प्रसाद भुसालले गर्नुभएको थियो भने कार्यक्रमको सञ्चालन स्वास्थ्य केन्द्रका बरिष्ठ कविराज निरीक्षक कमल प्रसाद आचार्यले गरेका थिए । साथै कार्यक्रममा प्रशिक्षण योग गुरु मनिराम अर्यालले गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्