नेपाल प्रेस युनियन अर्घाखाँचीको अध्यक्षमा सर्वसम्मत रुपमा लक्ष्मण घिमिरे निर्वाचित

| २०८० सावन ४ गते १६: ३२ मा प्रकाशित

कमला घिमिरे,अर्घाखाँची । नेपाल प्रेस युनियन अर्घाखाँची जिल्लाको अध्यक्षमा सर्वसम्मत रुपमा लक्ष्मण घिमिरे निर्वाचित भएका छन् । अर्घाखाँची जिल्लाको सदरमुकाम सन्धिखर्कमा भएको अधिवेशनले घिमिरेको नेतृत्वमा १८ सदस्यीय कार्यसमिति सर्वसम्मत गठन गरेको हो । 

अधिवेसनबाट उपाध्यक्षमा खुल्ला तर्फ सरिता न्यौपाने भुसाल र समावेशी तर्फ अम्बिका बेल्बासे श्रेष्ठ निर्वाचित भएकी छिन् । त्यसैगरी सचिवमा विष्णु खनाल, कोषाध्यक्षमा सागर महत, सह–सचिवमा भावना मगर, हलिम खान र सह कोषाध्यक्षमा विक्रम पाण्डे निर्वाचित भएको निर्वाचन अधिकृत नन्दराम भट्टराईले जानकारी दिए । 

त्यस्तै सदस्यहरुमा विष्णुभक्त पोखरेल, कुलराज खनाल, कमला घिमिरे, सन्तोष के.सी., सुजन न्यौपाने, ईन्द्रलाल रेग्मी, केशव ज्ञवाली, रेखा बि.क., प्रतिमा पाण्डे र कृष्ण घिमिरे निर्वाचित भएका छन् ।

कार्यक्रमको उद्घाटन प्रेस युनियनका केन्द्रिय अध्यक्ष शिव लम्सालले गरेका हुन् । त्यस्तै कार्यक्रममा केन्द्रिय प्रतिनिधिको रुपमा सविना पौडेल उपस्थित भएकी थिईन् ।

प्रतिक्रिया दिनुहोस्