नेपाल लोकतान्त्रिक साना होटल व्यवसायी संघ अर्घाखाँचीको गठन

| २०८० भदौ १७ गते २०: ५० मा प्रकाशित

प्रेमनारायण आचार्य। अर्घाखाँचीका होटल व्यवसायीहरुको भेलाले नेपाल लोकतान्त्रिक साना होटल व्यवसायी संघ जिल्ला शाखाको गठन गरेको छ ।

व्यवसायीक एकता आजको आबश्यकता, शुखी नेपाली  समृद्ध व्यवसायी भन्ने मुल नाराका साथ व्यवसायीकहरुको भेलाले नोलराज भण्डारीको अध्यक्षतामा जिल्ला कार्य समितिको गठन गरेको हो ।

जसको उपाध्यक्षमायुवराज बन्जाडे, लक्ष्मी श्रेष्ठ, सचिव डिलाराम बन्जाडे, बाबुराम खनाल, सहसचिव बाबुराम मरासिनी र कोषाध्यक्षमा नारायण अधिकारी रहनु भएको छ । समितिको सदस्यमा पुष्पा पोख्रेल, विष्णु श्रेष्ठ, रविलाल खनाल र मिना भट्टराइ रहेका छन् ।

कार्यक्रममा नेपाली कांग्रेसका जिल्ला सभापति केशव श्रेष्ठ, सचिव कृष्ण प्रसाद खनाल, नेपाल लोकतान्त्रिक साना होटल व्यवसायी संघका केन्द्रिय अध्यक्ष लिला प्रसाद ढकाल, कोषाध्यक्ष देवराज नेपाल, केन्द्रिय सदस्य अर्जुन पोख्रेल, नेपाली कांग्रेसका नगर सभापति बाबुराम भुसाल, नेपाल तरुण दलका जिल्ला अध्यक्ष नारायण खड्का, नेपाल प्रेस युनियका केन्द्रिय सदस्य प्रेमनारायण आचार्य लगायतले मन्तब्य राख्नु भएको थियो ।

प्रतिक्रिया दिनुहोस्