ट्रेड युनियन अर्घखाँचीद्धारा स्वागत तथा विदाई कार्यक्रम सम्पन्न

| २०८० भदौ २१ गते १२: ५६ मा प्रकाशित

अशोक खनाल।निजामती कर्मचारीहरुको आधिकारिक ट्रेड युनियन अर्घखाँचीले एक समारोहकाबीच स्वागत तथा विदाई सम्पन्न गरेको छ ।

जिल्लालाई कर्मथलो बनाई आउने नयाँ कर्मचारीको स्वागत र सरुवा तथा सेवानिवृत हुने कर्मचारीको विदाई गर्ने युनियनको नियमित कार्य हो । जसअन्तर्गत आज जिल्ला निर्वाचन कार्यालयमा आएका निर्वाचन अधिकृत मधुकृष्ण पौडेलको स्वागत, शितगंगा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत तथा आधिकारिक ट्रेड युनियनका पूर्व अध्यक्ष झविन्द्र खनाल र जिल्ला प्रशासन कार्यालयका प्रशासकीय अधिकृत सरोज भुसालको बिदाई गरेको हो ।

झविन्द्र खनालको गैडाकोट नगरपालिका र सरोज भुसालको चन्त्रकोट गाँउपालिका गुल्मीमा सरुवा भएको हो । शितगंगा नगरपालिकाबाट गैडाकोट नगरपालिकामा सरुवा भएर जान लागेका झविन्द्र खनालले अर्घखाँचीमा आधिकारिक ट्रेड युनियनलाई सक्रिया गराँदै देशभरमा अब्बल बनाएका थिए । उहाँको कार्याकालमा लोकसेवा आयोगको निशुल्क तयारी कक्ष, वृत्ति नामक पुस्तक प्रकाशन, स्वागत, विदाई र शुभकामना कार्यक्रमको शुरुवात गरेका थिए ।

विदाई कार्यक्रममा नेपाल निजामती कर्मचारी युनियनका जिल्ला अध्यक्ष माधव अर्याल, राष्ट्रिय कर्मचारी संगठनका प्रदेश महासचिव मोतिराम पौडेल, पत्रकार महासंघका अध्यक्ष अशोक खनाल, नेपाली काँग्रेसका प्रचार विभाग प्रमुख सूर्य प्रसाद भुसाल, कर्मचारी मिलन केन्द्रका सचिव गणेशराज पौडेल, अस्थायी करार तथा ज्यालादारी कर्मचारीका प्रदेश उपाध्यक्ष सुदिप जीसी लगायत ट्रेड युनियनका पदाधिकारी तथा सदस्यहरुको उपस्थिति रहेको थियो ।


कार्यक्रममा बोल्ने वक्ताहरुले स्वागत हुने निवार्चन कार्यालयका प्रमुख मधुकृष्णलाई सफल, सक्षम र जनप्रिय कार्याकालको शुभकामना व्यक्त गर्दै सहयोग लेनदेनको लागि प्रतिवद्धता जाहेर गरेका थिए भने सरुवा भएर जानु हुने दुवैजना प्रमुख प्रशासकीय अधिकृतको उत्कृष्ट कार्याकालयको शुभकामना व्यक्त गर्दै त्यहाँ पनि कर्मचारीको हक हितमा लाग्न विशेष अनुरोध गर्दै आवश्यक सहयोगक अपेक्षा समेत गरेका थिए ।


कार्यक्रम झविन्द्र खनालको प्रमुख आथित्थयता, कृष्ण वर्माको अध्यक्षता, उपाध्यक्ष हरि प्रसाद डुम्रेको स्वागत मन्तव्य र सहसचिव नारायण प्रसाद दमासेको संचालनमा आधिकारिक ट्रेड युनियनको कार्यालयमा सम्पन्न भएको थियो ।

प्रतिक्रिया दिनुहोस्