अर्घाखाँची : सुपादेउराली मन्दिर व्यवस्थापन समितिका सचिव सहित ८ जना जुवा खाल बाट पक्राउ

| २०८० भदौ २१ गते १५: ४६ मा प्रकाशित

कमला घिमिरे ,सन्धिखर्क। अर्घाखाँचीमा गय राती जुवा तास खेल्ने क्रममा ८ जना पक्राउ परेका छन्। 

पक्राउ पर्नेमा सुपादेउराली मन्दिर व्यवस्थापन समितिका सचिव हरि खनाल र एक जना कर्मचारी सहित ८ जना रहेका छन्। 

प्रहरीले प्राप्त गरेको गोप्य सुचनाको आधारमा ईलाका प्रहरी कार्यालय ठाडाले जु'वा'डे हरुलाई पक्राउ गरि थप अनुशन्धान गरिरहेको खबर प्रात भएको छ। 

आस्था र श्रद्वा  रहेको मन्दिरका सचिव जस्तो गरिमामय पदका ब्याक्ति यसरि जुवा खेल बाट पक्राउ पर्नुले धार्मिक आस्थामा ठोस पुग्न गएको स्थानीय हरुको गुनासो रहेको छ। 

 

प्रतिक्रिया दिनुहोस्