अर्घाखाँचीमा यसरी मनाईयो निजामती सेवा दिवस

| २०८० भदौ २२ गते १४: ३४ मा प्रकाशित

अशोक खनाल,सन्धिखर्क। विभिन्न रचनात्मक क्रियाकलाप गरि अर्घाखाँचीमा पनि निजामती सेवा दिवस मनाईएको छ ।

 निजामती सेवा दिवस

“व्यवसायिक र सिर्जनशील प्रशासनः विकास,समृद्धि र सुशासन” नारा भएको निजामती सेवा दिवसमा भदौ १९ गते देखि विभिन्न खेलकुद संचालन गरी मनाउन शुरु गरेको निजामती दिवस भदौ २२ मा शुभकामना आदान प्रदान तथा पुरस्कार वितरण कार्यक्रमको आयोजना गरी समापन गरियो ।

प्रमुख जिल्ला अधिकारीको अध्यक्षतामा गठित मूल समारोह समितिमा कर्मचारी मिलन केन्द्र र निजामती कर्मचारीहरुको आधिकारिक ट्रेड युनियनको समन्वयनमा हुने कार्यक्रमको संयोजक प्रमुख कोष नियन्त्रक दिपक घिमिरेलाई बनाईएको थियो । जस अन्तर्गत कर्मचारीहरु बीच व्यडमिन्टन प्रतियोगिता, दौड प्रतियोगिता (कार्यालय प्रमुख र खुल्ला), जिल्लामा ११-१२ कक्षा संचालित विद्यालयका छात्रा छात्रहरु बीच “व्यवसायिक र सिर्जनशील प्रशासनः विकास,समृद्धि र सुशासन” विषयक वक्तृत्वकला प्रतियोगिता र महिला कर्मचारीहरु बीच कुर्ची दौड प्रतियोगिता आयोजना गरिएको थियो ।

निजामती सेवा दिवस मनाईएको छ 

राष्ट्र सेवक कर्मचारीहरु बीच संचालन भएको व्याडमिन्टन प्रतियोगितामा सन्तोष खनाल र लेख बहादुर गाहाको समूह प्रथम, राम बहादुर वि.क. र शिव बहादुर रायमाझीको समूह द्वितीय र खुम बहादुर गाहा र खिम बहादुर घर्तिको समूहले तृतीय स्थान हासिल गरेका थिए । त्यसै गरी कार्यालय प्रमुख हरुबीच भएको १ हजार मिटरको दौड प्रतियोगितामा घरेलु तथा साना उद्योगका कार्यालय प्रमुख सन्तोष खनाल प्रथम, करदाता सेवा कार्यालयका कार्यालय प्रमुख महेन्द्र पुरी द्वितीय र जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्रका प्रमुख कमल प्रसाद आचार्यले तृतीय स्थान हासिल गरेका थिए । १५ सय मिटरको खुल्ला दौड प्रतियोगितामा नसिव मियाँ प्रथम, दिपक खनाल द्वितीय र दिपक आचार्यले तृतीय स्थान हासिल गरेका थिए । वक्तृत्वकला प्रतियोगितामा जनज्योती माध्यमिक विद्यालयका संझना थापा क्षेत्री प्रथम, अर्घा रजस्थल माविका हुमन भुसाल द्वितीय र कालिका नेरा मावि खनकी अमृता खनालले तृतीय स्थान हासिल गरेका थिए । महिला कर्मचारीहरु बीच सम्पन्न कुर्ची दौड प्रतियोगितामा दीपा थापा प्रथम, राधिका सिटौला द्वितीय र सम्झना पराजुली तृतीय भएकी थिईन ।

 विभिन्न रचनात्मक क्रियाकलाप गरि अर्घाखाँचीमा पनि निजामती सेवा दिवस मनाईयो 

 

विहिबार जिल्ला समन्वय समिति अर्घाखाँचीका प्रमुख जीवनारायण कोईरालाको प्रमुख आथित्यमा भएको शुभकामना आदान प्रदान तथा पुरस्कार वितरण कार्यक्रममा विभिन्न वक्ताहरुले निजामति सेवा, सेवा प्रवाह, कर्मचारीहरुको कर्तव्य र अधिकारका विषयमा चर्चा परिचर्चा गरेका थिए । निजामती कर्मचारीहरुको आधिकारीक ट्रेड युनियनका जिल्ला अध्यक्ष कृष्ण वर्माले निजामती सेवा दिवस क्यालेण्डरमा मात्र भएको दिन मात्र भएको र गर्विलो, मुल्य र मान्यता अधिक नहुने भएकोमा दुख व्यक्त गर्दै संघीय निजामती सेवा ऐनको अभावमा सबै कर्मचारीहरुले दिवस मनाउन ईच्छुक नभएको यहाँको उपस्थितिले देखाएको बताउदै प्रमुख जिल्ला अधिकारी लगायत सरोकारवालाई ट्रेड युनियनलाई सुधार्नका साथै साथ र सहयोग गर्न अनुरोध गरेका थिए ।

सो कार्यक्रममा बोल्दै जिल्ला न्यायाधीश कृष्ण जंग शाहले कर्मचारीमा कर्तव्य पहिलो र सेवा त्यो भन्दा माथिको विषय हो । यसलाई निस्वार्थ रुपले सेवारत रहन सबैमा आग्रह गरेका थिए । सन्धिखर्क नगरपालिकाका प्रमुख कृष्ण प्रसाद श्रेष्ठले निजामती कर्मचारीले सेवा प्रवाहलाई प्रथमिकतामा राख्नु पर्नेमा कर्मचारीहरुको हिडन ईन्ट्रेष्ट अन्य भएकोमा केही कर्मचारीहरुको कारणले समग्र निजामती सेवा राम्रो हुन नसकेको भन्दै यसलाई सुधार्नमा हामी सबै लाग्नु पर्ने बताए । त्यसै गरी प्रमुख अतिथि जीवनारायण कोईरालले प्रशासन बिना शासन व्यवस्था चलायमान हुन नसक्ने भन्दै राष्ट्र निर्माण र शुसानमा कर्मचारीको अहम भूमिका हुने हुँदा आवको दिनमा संघीय निजामती सेवा ऐनले समग्र निजामती कर्मचारीहरुको पक्षमा काम गर्ने वातावरण बनोस भन्ने शुभकामना व्यक्त गर्नु भएको थियो । साथै कार्यक्रमका अध्यक्ष प्रमुख जिल्ला अधिकारी कमलराज ढकालले समग्र निजामती खुशी हुन सक्ने गरी निजामती सेवा ऐन आउनु पर्नेमा जोड दिदै, नजिक हुने ट्रेड युनियनहरु र उच्च पदस्थहरुले नचाहेरै यो कानुन आउनमा ढिला भएको हो जस्तो लागेको बताउदै यसको अभावमा कर्मचारीले भोगेका दुख र अवसरबाट बन्चित भएका कुराहरु व्यक्त गर्दै आफू जिल्लामा सम्पूर्ण कर्मचारीहरुको अभिभावक पनि भएकोले आफुले गर्ने साथ र सहयोगमा कुनै कमी नहुने बताउदै कर्मचारिहरुलाई सेवा प्रवाहमा उच्च मनोबलका साथै लाग्न निर्देशन गर्नु भएका थियो ।

अर्घाखाँचीमा पनि निजामती सेवा दिवस मनाईयो 

सुरक्षा निकायका प्रमुख, कार्यालय प्रमुख, कर्मचारी मिलन केन्द्रका अध्यक्ष सन्तोष खनाल, जिल्लामा क्रियाशिल ट्रेड युनियनका पदिधारी तथा सदस्यहरु, कार्यक्रम संयोजकहरु उपस्थित भएको कार्यक्रममा विभिन्न प्रतियोगताहरुमा विजयी हासिल गर्नेहरुलाई प्रमाण पत्र, पुरस्कार र मेडल प्रदान गरिएको थियो । कार्यक्रम प्रमुख जिल्ला अधिकारीको अध्यक्षता र गणेशराज पौडेलको संचालनमा सम्पन्न भएको थियो ।

 

प्रतिक्रिया दिनुहोस्