अर्घाखाँचीमा ६५ करोड बढी बजेट फ्रीज

| २०८० भदौ २५ गते १४: ५८ मा प्रकाशित

प्रेमनारायण आचार्य ,सन्धिखर्क।  जिल्लामा संघीय तथा प्रदेश सरकारबाट प्राप्त भएको पुँजीगत र चालुतर्फको बजेटमध्ये  ६५ करोड भन्दा बढी बजेट फ्रीज भएको छ । आर्थिक वर्ष २०७९/०८० मा अर्घाखाँचीमा संघीय तथा प्रदेश सरकारको पुँजीगत र चालुतर्फको विनियोजित बजेटमध्ये ६५ करोड ९९ लाख ९३ हजार ८ सय ६१ रुपैयाँ फ्रिज भएको कोष तथा लेखा नियन्त्रण कार्यालय अर्घाखाँचीका कोष नियन्त्रक राजु पाण्डेले बताए ।

कोष तथा लेखा नियन्त्रण कार्यालय अर्घाखाँचीका अनुसार आर्थिक वर्ष २०७९/०८० मा प्रदेश सरकारको पुँजीगत तर्फको १ अर्ब ३३ करोड ६५ लाख ८९ हजार विनियोजित बजेटमध्ये २० करोड ५६ लाख ६२ हजार ९४ रुपैयाँ बजेट फ्रिज भएको हो । चालु तर्फ ६५ करोड ५३ लाख २१ हजार १ सय ९३ विनियोजित बजेट मध्ये १३ करोड २ लाख ७६ हजार २ सय २२ रुपैयाँ बजेट फ्रिज भएको छ ।

यस्तै संघीय सरकारको चालु तर्फको ५ अर्ब ३९ करोड २१ लाख ६५ हजार ७ सय ४२ विनियोजित बजेटमध्ये १८ करोड ५३ लाख ७५ हजार ९ सय ३२ रुपैयाँ बजेट फ्रिज भएको छ भने संघीय सरकारको पुँजीगत तर्फ १ अर्ब ५१ करोड ९५ लाख ७२ हजार ६ सय विनियोजित बजेटमा १३ करोड ८६ लाख ७९ हजार ६ सय १६ रुपैयाँ बजेट फ्रिज भएको कोष नियन्त्रक पाण्डेको भनाइ छ ।

अर्घाखाँचीमा आर्थिक वर्ष २०७९/०८० मा लुम्बिनी प्रदेश सरकारको चालु तथा पुँजीगत १ अर्ब ९९ सय करोड १९ लाख १० हजार १ सय ९३ र संघीय सरकारको पुँजीगत र चालुतर्फ ६ अर्ब ९१ करोड १७ लाख ३८ हजार ३ सय ४२ गरी ८ अर्ब ९० करोड ३६ लाख ४८ हजार ५ सय ३५ रूपैयाँ बजेट विनियोजन भएको थियो ।

प्रतिक्रिया दिनुहोस्