अर्घाखाँची आयुर्वेद स्वास्थ्य केन्द्रद्वारा आयुर्वेद सेवा सम्बन्धि समिक्षा सम्पन्न

| २०८० भदौ २७ गते १७: ३९ मा प्रकाशित

अशोक खनाल,सन्धिखर्क। अर्घाखाँची आयुर्वेद स्वास्थ्य केन्द्रको आयोजनामा अर्घाखाँचीमा अवस्थित आयुर्वेद संस्थाहरुको आ.व. २०७९।८० मा सम्पादित आयुर्वेद सेवा कार्यक्रमहरुको समिक्षा कार्यक्रम सम्पन्न भएको छ ।

अर्घाखाँचीमा आ.व. २०७९।८० मा करिव ४६ हजार जनाले आयुर्वेद स्वास्थ्य सेवा लिएका प्राप्त गरेको बिवरण प्रस्तुत गरीएको थियो । जसमा जेष्ठनागरीक कार्यक्रमबाट ६६९४ जनाले, पूर्वकर्म/ पञ्चकर्म सेवा ३५३९ जनाले, स्तनपायी कार्यक्रमबाट ८०५ जना स्तनपायी आमाहरुले ,स्वस्थ जिवनशैलि प्रबर्धन सेवाबाट २६६८ जना , योग सेवाबाट ३७९८ जना, प्रयोगशाला सेवाबाट २३५९ जना तथा स्वास्थ्य शिविरबाट ५३५ जना लाभान्वित भएका थिए ।

कार्यक्रम आयुर्वेद स्वास्थ्य केन्द्र सञ्चालन तथा ब्यवस्थापन समितिका अध्यक्ष कृण्ण प्रसाद भुसालको अभ्यक्षता समितिका महिला सदस्य कमला खनाल भण्डारीको प्रमुख आथित्यता तथा योग प्रशिक्षक/ पत्रकार महासंघका अध्यक्ष अशोक कुमार खनाल, सन्धिखर्क नगरपालिका आयुर्वेद शाखा प्रमुख तिलकजंग जनैदारको आथित्यतामामा सम्पन्न कार्यक्रमको सञ्चालन बैद्य निरीक्षक पशुपति पन्थीले गरेका थिए ।

बिभिन्न आयुर्वेद औषधालयका प्रमुख तथा नागरिक आरोग्य सेवा केन्द्रका प्रमुखहरुले आ-आफ्नो कार्यक्षेत्र रहेको स्थानिय तहका आयुर्वेद सेवा कार्यक्रम बारे प्रस्तुति दिएका थिए भने समग्र जिल्लाको आयुर्वेद सेवाको बारेमा प्रस्तुतिकरण केन्द्रका निमित्त कार्यालय प्रमुख कमल प्रसाद आचार्यले गरेका थिए ।

 

प्रतिक्रिया दिनुहोस्