अर्घाखाँचीका चर्चित लोकदोहोरि गायक राम परियारले हाते पारे "बिशाल राष्ट्रिय तीज म्यूजिक अवार्ड २०८०"

| २०८० भदौ २८ गते १५: २२ मा प्रकाशित

कमला घिमिरे ,सन्धिखर्क।पछिल्लो समयमा लोकदोहोरी क्षेत्रमा चर्चा कमाउँन सफल भएका अर्घाखाँचीका सुमधुर स्वरका धनि गायक राम परियारले "बिशाल राष्ट्रिय तीज म्यूजिक अवार्ड "हात पार्न सफल भएका छन्। 

अर्घाखाँची जिल्लाको सन्धिखर्क नगरपालिका वडा नम्बर १२ झेडी डिभर्नामा जन्मेका राम परियारले "बिरहा भाग २" तीज गीत बाट  "बिशाल राष्ट्रिय तीज म्यूजिक अवार्ड २०८० मा उत्कृष्ट  नव तीज गायक तर्फको अवार्ड हात पारेका हुन्। 

"बिशाल राष्ट्रिय तीज म्यूजिक अवार्ड" 

छोटो समयमै म्युजिक अवार्ड हात पार्न सफल हुँदा परियार आफु खुसि रहेको बताउँछन। पछिल्लो समयमा लोकदोहोरी क्षेत्रमा उनले दर्शक स्रोताहरु बाट अत्यन्तै चर्चा कमाईरहेका छन्। 

गायक राम परियारको स्वर आँखा चिम्लेर सुन्ने हो भने ठ्याक्कै स्वर सम्राट  राजु परियार को जस्तै सुनिने गर्दछ। 

प्रतिक्रिया दिनुहोस्