चौंथो (AYC)अन्तरपालिका स्तरीय रनिङ्गशिल भलिवल प्रतियोगिता कार्तिक १६ बाट हुने : २ जना बाहिरिय खेलाडी राख्न पाईने

| २०८० असोज १२ गते १७: ५३ मा प्रकाशित

पुजा कुँवर ,सन्धिखर्क। चौंथो एवाईसी (AYC)अन्तरपालिका स्तरीय रनिङ्गशिल भलिवल प्रतियोगिता अर्घाखाँची २०८० आगामी महिना कार्तिक १६ गते देखि सुचारु हुने भएको छ। 

अर्घाखाँची युवा परिषद (AYC )ले २०७४ साल देखि अन्तरपालिका स्तरीय रनिङ्गशिल भलिवल प्रतियोगिताको आयोजना गरेको थिएन। तर ६ बर्ष पछि २०८० मा पुन: (AYC ) तिलक स्मृति रनिङ्गशिल भलिवल प्रतियोगिताको आयोजना गर्ने भएको छ। 

पत्रकार सम्मेलन

२०७२ को प्रथम संस्करणको भलिवल प्रतियोगितामा साबिक को हंसपुर  गाविसले उपाधि जितेको थियो भने २०७३ को दोश्रो संस्करणको प्रतियोगितामा डिभर्ना ले उपाधि जितेको थियो। 

अर्घाखाँची युवा परिषद का संस्थापक तिलक खत्रीको दिवंगत पछि उहाँकै सम्झनामा उहाँले संस्थालाई दिएको योगदानको उच्च कदर गर्दै प्रत्यक बर्ष भलिवल प्रतियोगिताको आयोजना गर्ने निर्णय गरेको अर्घाखाँची युवा परिषदले बताएको छ। 

 (AYC ) तिलक स्मृति रनिङ्गशिल भलिवल प्रतियोगिता २०८०

३ वटा नगरपालिका र ३ वटा गाउँपालिकालाई मध्यनजर गर्दै (AYC ) तिलक स्मृति रनिङ्गशिल भलिवल प्रतियोगिता जुन अर्घाखाँचीका ३५ वटा तत्कालिन गाविस र सन्धिखर्क नगरपालिकाका १५ वटा वार्ड बीच प्रतियोगिता हुँदै आएको थियो। 

२०७४ भाद्र २२ गते परिषदको बैठकले बदलिदो स्थानीय तहको संरचना अनुसार भलिवल खेलको प्रोत्साहन गर्ने उदेशले यसको अपन्त्व  केवल युवा परिषदमा सिमित नराखी सबै ६ वटा पालिका र सबै जिल्लाले स्वामित्व लिने गरि सम्बन्धित सबैको साझा खेलको रुपमा ( AYC ) अन्तरपालिका रनिङ्गशिल भलिवल प्रतियोगिता को नामले संचालन गर्ने निर्णय गरेको बुझिएको छ। 

पत्रकारहरु 

२०७४ को प्रथम (AYC ) अन्तरपालिका रनिङ्गशिल भलिवल प्रतियोगिता भुमिकास्थान नगरपालिका ले जितेको थियो भने संस्थाको दोश्रो बर्षको सम्पन्न खेलमा शितगंगा नगरपालिकाले उपाधि जित्न सफल भएको थियो। साथै तेस्रो बर्षको सम्पन्न खेलमा पनि शितगंगा नगरपालिकाले उपाधि जित्न सफल भएको थियो। संस्थाको नियम अनुसार जुन टिमले लगातार ३ पटक उपाधि जित्छ रनिङ्गशिल   सोहि टिम को निजि हुने प्राबधान छ। 

चौंथो एवाईसी (AYC)अन्तरपालिका स्तरीय रनिङ्गशिल भलिवल प्रतियोगिता कार्तिक १६ गते देखि शुरु हुने भएपछि अर्घाखाँची युवा परिषदले अर्घाखाँचीमा रहेका ३ वटा नगरपालिका र ३ वटा गाउँ पालिकालाई आफ्ना टिम तयार गर्न आव्हान गरेको छ। 

सबै पालिकाहरुले आफ्नो खेल शिर्षकको बजेट बाट आ- आफ्ना पालिका गाउँ पालिका बाट भाग लिन आउँने खेलाडीहरुलाई खाना बस्नको व्यवस्था मिलाईदिनु पनि संस्थाले अनुरोध गरेको छ। साथै यस भलिवल प्रतियोगिताका लागि संस्थाका शुभचिन्तक ,देश विदेशमा रहनुहुने जिल्लावासी ,जिल्लाका संघ संस्था ,पत्रकारहरु र  सबै नगरपालिका ,गाउँपालिकाहरुमा आर्थिक ,भौतिक ,नैतिक रुपमा सहयोग गरिदिनुहुन हार्दिक अपिल समेत गरेको छ। 

पत्रकार सम्मेलन 2080 

चौंथो एवाईसी (AYC)अन्तरपालिका स्तरीय रनिङ्गशिल भलिवल प्रतियोगिता को पत्रकार सम्मेलन उधोग बाणिज्य बैंक को सभाहलमा भर्खरै मात्र सम्पन्न भएको छ। उक्त पत्रकार सम्मेलन मा संस्थाका अध्यक्ष काजि श्रेष्ठ ,कृष्ण भुसाल ,सन्तोष बस्नेत ,बाबुराम भुसाल प्रकाश भूसाल ,धर्मराज भुसाल ,पत्रकार महासंघ का अध्यक्ष अशोक खनाल ,प्रेमनारायण आचार्य ,अर्जुन भुसाल ,बिनोद गैरे ,अनिल नेपाली लक्षमण घिमिरे ,लगायतमा समाजसेवी व्याक्तित्वहरुको उपस्थिति रहेको थियो। 

मन्तव्य राख्दै पत्रकार महासंघ का अध्यक्ष अशोक खनाल 

चौंथो एवाईसी (AYC)अन्तरपालिका स्तरीय रनिङ्गशिल भलिवल प्रतियोगिता २०८० का उदेश्यहरु 

१ )अर्घाखाँची जिल्लाका प्रत्येक पालिकामा दक्ष भलिवल खेलाडी उत्पादन गर्ने 

२ )भलिवल खेलको माध्यम बाट समस्त जिल्लावासी बीच भाईचारा सम्बन्धको बिस्तार गर्ने 

३ )गाउँपालेका ,नगरपालिका लगायत संघ संस्था बीच भलिवलको माध्यम बाट संस्थागत सम्बन्ध विस्तार गर्ने 

४ )भलिवल खेलबाट दर्शकहरुलाई भरपुर मनोरंजन प्रदान गर्ने 

५ )रनिङ्ग शिलको माध्यम बाट भलिवल खेललाई निरन्तरता दिने 

खेलका सिमा

१ )अर्घाखाँची जिल्लाका ३ वटा नगरपालिका र ३ वटा गाउँपालिका 

२ )दुईजना बाहिरिय प्रशिक्षक खेलाडी बाहेकका अन्य  खेलाडि अनिवार्य  रुपमा स्थानीय हुनु पर्ने छ।बसाइँसराइ गरेर आएका खेलाडी काे हकमा सम्बन्धित गाउँपालिका र नगरपालिका  काे सिफारिस आवश्यक पर्नेछ छ।

३ )खेलाडीको सम्बन्धित गाउन्पालिका र नगरपालिकाको लेटरप्याडमा फोटो ,सहित वा परिषदले गरेको फर्म्याट पालिकाबाट प्रमाणित गाराई निवेदन पेश गर्नुपर्ने छ। 

रनिङ्ग शिल 

१ )प्रत्येक बर्ष आयोजना हुनेछ 

२ )लगातार ३ पटक खेल प्रतियोगीता जितेमा उक्त शिल सोहि पालिकाको हुनेछ। 

३ )पहिलो बर्षको विजेताले दोश्रो खेल प्रतियोगिता  हुनु भन्दा पहिला सम्म उक्त शिल रकहं पाउने छ। हराएमा वा टुट फुट भएमा उक्त बिजेता  टिम जिम्वेवार हुनुपर्ने छ। 

४ )अन्य कोहि समस्या आईपरेमा बिजेता पालिका र आयोजक द्वारा आपसी समझदारीमा सल्ट्याईने छ। 

खेल हुने स्थान 

सन्धिखर्क १ टुडी खेल मैदान
मिति - २०८० साल कार्तिक १६ गते देखि 

प्रतियोगिताको उद्घाटन बिहान ११ बजे हुने परिषदले बताएको छ। 

पुरस्कार रु - ५०,००० रहेको छ। 

प्रतिक्रिया दिनुहोस्