नेकपा ( माओबादी केन्द्र ) अर्घाखाँचीद्वारा जिल्ला स्तरीय स्कुलिङ कार्यक्रम शुरु

| २०८० असोज १३ गते १५: १८ मा प्रकाशित

अशोक खनाल ,अर्घाखाँची। 
आश्बिन १३- जनता सग माओबादी केन्द्र बिशेष रुपान्तरण तीन महिने अभियान अन्तरगत जिल्ला स्तरीय स्कुलिङ शुरु भएको छ ।
 
सनिबार देखि शुरु कार्यक्रममा पार्टी केन्द्रिय सचीव तथा लुम्बिनी प्रदेश इन्चार्ज हितमान शाक्य , पार्टी केन्द्रिय सदस्य तथा स्कुलिङ बिभाग प्रमुख जग प्रसाद शर्मा "अपार " पार्टी केन्द्रिय सदस्य केन्द्रिय सदस्य सरस्वती न्यौपाने , केन्द्रिय सदस्य गोबिन्द केसी लगायतको उपस्थित रहेको छ ।

सहिद स्मृति भबन सन्धिखर्कमा शुरु दुई दिने   स्कुलिङ कार्यक्रमको अध्यक्षता पार्टी केन्द्रिय सदस्य तथा तीन महिने अभियान अर्घाखाँचीका इन्चार्ज बामदेब क्षेत्री को अध्यक्षता  प्रदेश सदस्य धर्मराज भुसालको स्वागत मन्तव्य तथा प्रदेश समितिका सचिवालय सदस्य तथा जिल्ला संयोजक राजेन्द्र भुसालको संचालनमा शुरु भएको छ।

प्रतिक्रिया दिनुहोस्