अर्घाखाँचीमा ४ हजार ४०९ पशुपन्छीमा लम्पी स्किन विरुद्धको खोप लगाईयो

| २०८० असोज १५ गते १३: ४७ मा प्रकाशित

अर्घाखाँची। अर्घाखाँचीमा ४ हजार ४०९ पशुपन्छीमा लम्पी स्किन विरुद्धको खोप लगाइएको छ । भेटेरिनरी अस्पताल तथा जिल्ला पशु सेवा विज्ञ केन्द्र अर्घाखाँचीको तथ्याङ्क अनुसार हालसम्म जिल्लाका ४ हजार ४०९ पशुपन्छीमा लम्पी स्किन विरुद्धको खोप लगाइएको हो ।

अर्घाखाँचीमा ७ हजार २४१ पशुपन्छी संक्रमित भएका छन् । स्थानीय तह र पशु कार्यालयबाट यसको तथ्याङ्क संकलन, उपचार तथा खोप दिईएको छ । संक्रमित मध्ये ३४२ पशुपन्छीको मृत्यु भएको भेटेरिनरी अस्पतालका प्रमुख बिष्णु पौडेलले जानकारी दिए । खोप दिएपछी संक्रमण दर घट्दै गएको उनले बताए ।

प्रतिक्रिया दिनुहोस्