अर्घाखाँची बुलेटिन द्वारा आयोजित तीज फोटोप्रतियोगिता २०८० को पुरस्कार वितरण असोज २२ गते बितरण गरिने

| २०८० असोज १९ गते २०: ११ मा प्रकाशित

कमला घिमिरे ,अर्घाखाँची। हामीहरुको कला संस्कृति जगेर्ना गर्ने हेतुले अर्घाखाँची बुलेटिन द्वारा आयोजित तीज फोटोप्रतियोगिता २०८० को पुरस्कार वितरण यहि असोज २२ गते सोमबार दिउँसो वितरण गर्ने भएको छ। 

१०५६ जना महिलादिदिबहिनीहरुको सहभागिता रहेको उक्त तीज फोटो प्रतियोगितामा शारदा हमाल ठकुरी प्रथम ,कविता आचार्य द्वितिय,अनिता खप्तरी क्षेत्री तृतिय,कुन्ता भुसालले बिशेष पुरस्कार हात पार्नु भएको छ। 

फोटो प्रतियोगितामा प्रथम, द्वितिय र तृतिय हुने प्रतियोगी साथै  बिशेष पुरस्कार जित्नुहुने कुन्ता भुसाललाई सन्धिखर्क १ मा रहेको ओल्ड एभरेष्ट होटेलमा असोज २२ गते सोमबार दिउँसो ठिक १२ बजे उपस्थिति जनाउनको लागि यसै समाचार मार्फत हार्दिक अनुरोध सहित निमन्त्रणा गर्दछौ। 

साथै निर्णायक को भूमिकामा रहनुहुने टेकराज भुसाल ,लक्षमण घिमिरे ,र भिम बिश्वकर्मा लाई पनि यसै समाचार मार्फत पुरस्कार वितरण कार्यक्रम मा उपस्थितिको  लागी हार्दिक अनुरोध सहित निमन्त्रणा गर्दछौ। 

तीज फोटोप्रतियोगिता २०८० को पुरस्कार वितरण कार्यक्रममा अर्घाखाँचीबुलेटिन लाई बिगत देखि आजको मिति सम्म मिडियाको बिभिन्न पदमा रहेर अहोरात्र खटिएर यस स्थान सम्म पुर्याउनु हुने सम्पूर्ण अर्घाखाँचीबुलेटिन का प्रतिनिधीहरुलाई सम्मान गरिने कार्यक्रम रहेको पनि जानकारी गराउदछौ। 

स्थान -
ओल्ड एभरेष्ट होटेल 
सन्धिखर्क १ शान्ति बगैंचा नजिकै 
समय १२ बजे 

प्रतिक्रिया दिनुहोस्