अर्घाखाँची बुलेटिनद्वारा आयोजित तिज फोटो प्रतियोगिता २०८० को पुरस्कार बितरण तथा बुलेटिनको प्रतिनिधि सम्मान कार्यक्रम सम्पन्न

| २०८० असोज २२ गते १८: २५ मा प्रकाशित

केशब पन्थी ,सन्धिखर्क। कला सस्कृतिको जगेर्ना गर्ने उदेश्यले अर्घाखाँची बुलेटिन डटकमद्रारा आयोजित तिज फोटो प्रतियोगिता २०८० को पुरस्कार बितरण तथा बुलेटिनको प्रतिनिधि सम्मान कार्यक्रम आज एक कार्यक्रमको आयोजना गरी सम्पन्न गरिएको छ।

पुरस्कार बितरण तथा बुलेटिनको प्रतिनिधि सम्मान कार्यक्रम 

गएको तीजमा अर्घाखाँची बुलेटिनले  तिज फोटो प्रतियोगिता आयोजना गरेको थियो ।

प्रतियोगीहरु 

आज प्रथम ,दोश्रो र तेस्रो स्थान हासिल गर्ने बिजेताहरुलाइ  पुरस्कार प्रदान गरिएको छ ।  बिजेताहरुलाइ पुरस्कार बितरण  सङ्गै खादा र प्रमाणपत्र प्रदान गरिएको छ  ।

सम्मान कार्यक्रम 

हिन्दु नारीहरुको महान चाड हरितालिका तीजको अबसरमा  नारीहरुको सम्मानमा उक्त कार्यक्रमको आयोजना गरिएको थियो । नेपालीहरुका हरेक चाडपर्वमा सौहार्दता ,आत्मियता ,भाइचारा , र सभ्यता झल्किन्छ तर पाछिल्लो समयमा चाडपर्वमा बिकृती भित्रीएको छ । त्यसैमा तीज पर्बमा एक  माहिना पहिले बाटै दर खाने , होटल ,पार्टी ,प्यालेसमा कार्यक्रमको आयोजना गरी तडगभडग गर्ने, आफ्नो क्षमाता नभए पनी रिन खोजेरै भए पनी महँगा गरगहना र लत्ता कपडा किन्ने प्रवृत्तिले बिकृती मात्र होइन मौलीकता नै हराउछ कि भन्ने चिन्ताको बिषय बनेको छ । 

१०५६ जना सहभागी रहेको प्रतियोगितामा तडग भड्ग लाइ भन्दा मौलिकतालाइ प्राथमिकता दिएर छनौट गरिएको आयोजक अर्घाखाँची बुलेटिनले जनाएको छ।

प्रथम पुरस्कार सारदा हमाल ठकुरीलाइ ३० हजार बराबरको मोबाइल फोन भनिएकोमा २६ हजारको मोबाइल र ४ हजार नगद प्रदान गरिएको छ भने दोस्रो पुरस्कार कबिता आचार्यलाइ १० हजार र तेस्रो पुरस्कार अनिता खप्तरीलाइ ५ हजार  र कुन्ता भुसाललाइ बिषेस पुरस्कार प्रदान गरिएको छ । 

पुरस्कार प्रदान 

कुमारी थापाको अध्यक्षता, पत्रकार महासघ अर्घाखाँची साखाका प्रमुख असोक खनालको प्रमुख आतिथ्यता ,गङ्गा थापा र पत्रकार महासघका प्रदेश सदस्य प्रेमनारायण आचार्यको बिशिष्ट आतिथ्यता रहेको थियो । यस्तै कार्यक्रममा निर्णयकको भुमिका निर्बाह गर्नु भएका लक्ष्मण घिमिरे ,टेकराज भुसाल,भिम बिश्वकर्मा सङ्गै अर्घाखाँची बुलेटिनका प्रतिनिधिहरुको सहभगिता रहेको थियो ।

पुरस्कार बितरण तथा बुलेटिनको प्रतिनिधि सम्मान कार्यक्रम

अर्घाखाँची बुलेटिनको प्रतिनिधी पत्रकार कमला घिमिरेको स्वागत मन्तव्य राख्नु भएको थियो भने बुलेटिनका प्रतिनिधि झनक केसीले कार्यक्रमको उदेश्य माथि प्रकास पार्नु भएको थियो ।

पुरस्कार बितरण तथा बुलेटिनको प्रतिनिधि सम्मान कार्यक्रम...

कार्यक्रमको ८० बर्षिय बृद्दा कुमारी थापाले पानसमा दिप प्रज्वलन गरि उद्घघाटन गर्नु भएको थियो ।

 कुमारी थापाले पानसमा दिप प्रज्वलन गरि उद्घघाटन

कार्यक्रमको सन्चालन केशब पन्थीले गर्नु भएको थियो ।

 केशब पन्थी
पुस्कर पौडेल 

 

प्रतिक्रिया दिनुहोस्