सन्धिखर्कमा वार्षिक समीक्षा कार्यक्रम सम्पन्न हुँदै

| २०८० असोज २४ गते १७: २६ मा प्रकाशित

हिम लेकाली,आश्विन।
आश्विन २४- जिल्ला समन्वय समिति अर्घाखाँचीको आयोजनामा 'वार्षिक समिक्षा' कार्यक्रम  सभागृह सन्धिखर्कमा  सुरु भएको छ। 
बुधबार पहिलाे दिन यस कार्यक्रममा अर्घाखाँची स्थित कार्यालयहरु, स्थानिय तह, परियोजना, संघसंस्थान ,शिक्षालयहरूले  गत आ.व .२०७९/०८० को आर्थिक तथा भौतिक प्रगति प्रतिवेदन  प्रस्तुत गर्नेछन्। 

कार्यक्रमको उद्घघाटन  पर्यटन राज्यमन्त्री सुशिला श्रीपालीले पानसमा दिप प्रज्वलित गरेर  गर्नुभएको छ।

पर्यटन राज्यमन्त्री सुशिला श्रीपालीले पानसमा दिप प्रज्वलित

कार्यक्रममा  प्रतिनिधि सभा सदस्य बिजुला रायमाझी  , प्रदेश सांसद चेतनारायण आचार्य, रामजी प्रसाद घिमिरे,  जिल्ला समन्वय उप प्रमुख लक्ष्मि शर्मा ज्ञवाली ,सन्धिखर्क नगरपालिका प्रमुख कृष्ण प्रसाद श्रेष्ठ , सितगंगा नगरपालिका प्रमुख छविलाल पाैडेल ,  भूनपा प्रमुख झबिलाल थापा ,मालारानी गाउँपालिका अध्यक्ष दल बहादुर भट्टराई ,पाणिनि गाउँपालिका अध्यक्ष टेकराज न्याेैपाने ,छत्रदेव गाऊपालिका अध्यक्ष चन्द्रमान श्रेष्ठ  ,प्रमुख जिल्ला अधिकारी कमलराज ढकाल , सुरक्षा निकायका प्रमुखहरू ,विभिन्न राजनितिक दलका नेताहरू ,संघ संस्थाका प्रतिनिधिहरू ,कर्मचारी, पत्रकार महासंघ अध्यक्ष अशाेक खनाल  लगायतका पत्रकारहरूको  उपस्थिति  रहेको छ। 

वार्षिक समीक्षा कार्यक्रम

वार्षिक प्रतिवेदन प्रस्तुत गर्ने कार्यालयहरूमा ,संघिय कार्यालय ९ , प्रदेश कार्यालय ११, स्थानीय तह ६ , संस्थान २ , शिक्षालय ३ गरि जम्मा ३१ कार्यालय रहेका छन् ।

बैठककाे अध्यक्षता समन्वय समिति प्रमुख जिवनारायण काेईरालाले  गर्नु भएको छ भने  सन्चालन समन्वय कार्यालयका नायव सुब्बा  बिनाेद कुँवर    र स्वागत जिल्ला समन्वय समिति का सदस्य कमल घिमिरे ले गर्नु भएको  छ ।

आज   प्रतिवेदन  प्रस्तुत गर्न  नभ्यायका कार्यालयहरूले प्रस्तुति भाेली रहने र समापन पनि भाेली नै हुने जनाईएकाे छ । कार्यक्रममा जिल्ला  समन्वय समिति द्वारा प्रस्तुत जि. स. स. दर्पणकाे समेत  लाेकार्पण गरिएकाे छ ।

प्रतिक्रिया दिनुहोस्