अर्घाखाँची जिल्लाको आ.व. २०७९/०८० को वित्तीय अवस्था (सम्पूर्ण विवरण -तस्विर सहित)

| २०८० असोज २५ गते २२: ३८ मा प्रकाशित

अशोक खनाल,अर्घाखाँची। अर्घाखाँची जिल्ला लुम्बिनी प्रदेशको पहाडी जिल्ला हो । संघीयता पश्चात यसलाई ६ वटा स्थानीय तहमा विभाजन गरिएको छ । स्थानीय ६, २० वटा संघीय कार्यालय ११ वटा प्रदेश कार्यालयहरु गरी जम्मा कुल ३७ कार्यालय रहेका छन । संघीय, प्रदेश र स्थानीय तहमा अर्घाखाँचीमा आ.व. २०७९/०८० मा कुल रु १३,७४,५५,५०,५२७ (चालु रु. ९,०४,०१,८२,५२१ र पूँजीगत तर्फ रु. ४,७०,५३,६८,००६) बिनियोजन भएको बजेटको कुल ८३.२४ प्रतिशत (चालुमा ९१.४८ र पूँजीगतमा ६७.४३) गरी जम्मा रु. ११,४४,३१,२७,१९४ (चालुमा रु. ८,२७,००,६९,२३२ र पूँजीगतमा रु. ३,१७,३०,५७,९६२) खर्च गरेको छ । जसमा बिनियोजिनमा करिब ३ अर्ब १८ करोड र खर्चमा मा रु. ३ अर्ब २६ करोड ७२ लाख रकम संघीय तथा प्रादेशिक समानीकरण, सशर्त, विशेष र समपुरक अनुदान दोहोरो रहेको छ ।

संघीय सरकारबाट बिनियोजित भएको ६ अरब ९१ करोड १७ लाख ३८ हजार ३४२ रहेकोमा (चालुमा ५,३९,२१,६५,७४२ र पूँजीगत रु. १,५१,९५,७२,६००) र खर्च ६ अरब ५८ करोड ७६ लाख ८२ हजार ७९४ (चालुमा ५२०६७८९८१० र पूँजीगत रु. १३८०८९२९८४) गरि कुल ९३.७१ (चालु-९६.५६ र पूँजीगतमा ९०.८७) प्रतिशत खर्च भएको छ भने जिल्लाबाट राजश्व संकलन रु. ६६ करोड १२ लाख ३८ हजार ७२ रुपैया भएको छ ।

यसै बीच लुम्बिनी प्रदेश सरकारबाट अर्घाखाँचीलाई बिनियोजित बजेट रु. ६,९१,१७,३८,३४२ (चालु तर्फ रु. ६५५३२११९३ र पूँजीगत रु. १३३६५८९०००) भएको थियो भने खर्च तर्फ कुल रु. १,६५,५९,७१,८७७ (चालुमा रु ५२५०४४९७१ र पुँजीगतमा रु. ११३०९२६९०६) भएको छ जसको जम्मा खर्च प्रतिशत ८२.३६ (चालु ८०.१२ र पूँजीगत ८४.६१) रहेको छ । भने प्रदेश सरकारको राजश्वमा अर्घाखाँचीबाट रु. ४,६१,९०,३२६ रकम संकलन गरेको छ ।

..

 

अर्घाखाँचीका स्थानीय तहमा आ.व. २०७९/०८० मा बिनियोजित बजेट र खर्चको विवरण

बिनियोजित बजेट र खर्चको विवरण

कोष तथा लेखा नियन्त्रक कार्यालय, अर्घाखाँचीले गरेको आन्तरिक लेखा परीक्षणबाट संघीय र प्रादेशिक कार्यालयहरुमा औल्याईएको बेरुजुको अबस्था:

बेरुजुको अबस्था

यो विवरण जिल्ला समन्वय समिति, अर्घखाँचीको वार्षिक समीक्षा गोष्ठीमा प्रमुख जिल्ला अधिकारी कमलराज ढकालले कोष तथा लेखा नियन्त्रक कार्यालय, अर्घाखाँचीबाट प्राप्त विवरण प्रस्तुत गरेका थिए । कार्यक्रम २०८० असोज २४ र २५ गते गरी २ दिनसम्म संचालन भएको थियो । कार्यक्रममा जिल्लाबाट प्रतिनिधित्व गर्ने संघीय र प्रदेशका माननीयहरु, स्थानीय तहका प्रमुख र उप-प्रमुखहरु, जिल्ला स्थित कार्यालयका प्रमुखहरु, राजनीतिक दलका प्रमुख तथा प्रतिनिधीहरु र संचारकर्मीहरुको उपस्थिति रहेको थियो ।

बिनियोजित बजेट र खर्च कार्यक्रम 

नेपालका सरकारका संस्कृती पर्यटन तथा नागरिक उड्यान राज्यमन्त्री सुशिला श्रीपाली ठकुरीको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा संघीय संसद बिजुला रायमाझी, प्रदेश सांसदद्वय चेतनारायण आचार्य र रामजीप्रसाद घिमिरे विशिष्ठको आतिथ्यता र जिल्ला समन्वय समितिका प्रमुख जीवनारायण कोईरालाको अध्यक्षतामा सम्पन्न कार्यक्रमको संचालन कार्यालयका नायब सुब्बा बिनोद प्रसाद कुँवरले गरेका थिए ।

बिनियोजित बजेट र खर्च कार्यक्रम..

प्रतिक्रिया दिनुहोस्