शितगङ्गाले लगातार ३ संस्करणका प्रतियोगिता जित्दै अर्घाखाँची भलिबलमा ग¥यो ह्याट्रिक :शिल्ड आफ्नो निजि बनायो (भिडियो - तस्विर सहित)

| २०८० कार्तिक १८ गते २३: २८ मा प्रकाशित

पुजा केसी ,सन्धिखर्क। एवाईसी अर्घाखाँचीद्वारा आयोजित अन्तरपालिका स्तरिय रनिङ शिल्ड भलिबल प्रतियाेगिता २०८० को खेल आज सम्पन्न भएको छ।

अर्घाखाँची युवा परिषद द्वारा कार्तिक १६ गते देखि शुरु भएको अन्तरपालिका स्तरिय रनिङ शिल्ड भलिबल प्रतियाेगिता आज कार्तिक १८ गते भव्य र सभ्यताका साथ् सु - सम्पन्न भएको छ। 

एवाईसी अर्घाखाँचीद्वारा आयोजित अन्तरपालिका स्तरिय रनिङ शिल्ड भलिबल प्रतियाेगिता 

एवाईसी अर्घाखाँचीको चौंथो संस्करणको भलिवल प्रतियोगितामा पनि शितगङ्गा नगरपालिकाले पाणिनी गाउँपालिकालाई हराउदै उपाधि चुम्न सफल भएको छ। 

दोश्रो संस्करण देखि चौंथो संस्करण सम्म आई पुग्दा शितगङ्गा नगरपालिका ले अन्य पालिका माथि एकछत्र राज गर्दै आईरहेको छ। २०८० को उपाधि चुमे संगै  शितगङ्गा नगरपालिकाले एवाईसी अन्तरपालिका स्तरिय रनिङ शिल्ड भलिबल प्रतियाेगितामा लगातार ३ पटक उपाधि जित्ने पालिका बनेको छ। 

शितगङ्गा ले लगातार दोश्रो ,तेश्रो र चौंथो संस्करण को उपाधि 

साथै शितगङ्गा ले लगातार दोश्रो ,तेश्रो र चौंथो संस्करण को उपाधि जिते संगै रनिङ शिल्ड स्थायी रुपमै लैजान सफल भएको छ।

प्रतियोगितामा ६ वटा पालिका का टिमहरु समावेश रहेका थिए। जसमा भुमिकास्थान नगरपालिका जित विहिन रहदै प्रतियोगिताको क्वाटर फाइनलमै बाहिरिएको थियो भने छत्रदेव गाउँपालिका पनि जित विहिन रहँदै क्वाटर फाइनल चरण बाट बाहिरिएको थियो। 

मालारानी गाउँपालिका भने भुमिकास्थान संग को आफ्नो दोश्रो खेलमा जित हात पर्दै सेमिफाइनलमा प्रवेश गरेको थियो। पाणिनी ले छत्रदेव र सन्धिखर्क लाई हराउदै सेमी फाइनल मा प्रवेश गरेको थियो भने सन्धिखर्क नगरपालिका छत्रदेवलाई पराजित गर्दै सेमिफाइनलमा प्रवेश गरेको थियो। 

 पाणिनी 

त्यसै गरि शितगङ्गा नगरपालिका भने भुमिकास्थान संगको कडा प्रतिस्पर्धामा रोमान्चक जित निकाल्दै सेमीफाइनल मा प्रवेश गरेको थियो। 

शितगङ्गा नगरपालिका

४ पालिकाका टिमहरु सेमिफाइनलमा प्रवेश गरे संगै पहिलो सेमीफाइनल मालारानी गाउँपालिका र पाणिनी गाउँपालिका बीच भएको थियो जसमा पाणिनी ले मलारानी लाई २-१ को सेटमा पराजित गर्दै फाइनल मा प्रवेश गरेको थियो। पाणिनी मा अतिरिक्त अनुबन्धित खेलाडी श्यांग्जा का सचिन गाहा मगर र प्युठान का  बिकाश गिरि रहेका थिए भने मलारानी गाउँ पालिका तर्फ  अतिरिक्त अनुबन्धित खेलाडी हरि बोहोरा रहेका थिए। 

मलारानी गाउँपालिका 

सेमिफाइनलको दोश्रो खेल शितगङ्गा नगरपालिका र सन्धिखर्क नगरपालिका बीच भएको थियो जसमा सन्धिखर्क नगरपालिका २-१ को सेट ले शितगङ्गा संग हार बेहोर्नु परेको थियो। सन्धिखर्कमा अतिरिक्त अनुबन्धित खेलाडी बाग्लुङ्ग का रबि केसी र नवलपुरका किरण गुरौ रहेका थिए भने शितगङ्गा तर्फ बाग्लुङ्ग का रेशम छन्त्याल ,र गुल्मीका चिरन खड्का रहेका थिए। 

सन्धिखर्क नगरपालिका 

शनिवार बिहान दोश्रो सेमिफाइनल खेल सकिए संगै फाइनलमा प्रवेश गर्ने पालिका हरु पाणिनी गाउँपालिका र शितगङ्गा नगरपालिका रहेका थिए। खेलको तेस्रो दिन सयौं दर्शक हरुले भरिभराउ रहेको टुडिखेल मैदानमा पाणिनी गाउँ पालिका र शितगङ्गा नगरपालिका बिच उपाधिका लागि महासंग्राम चलेको थियो जसमा बेस्ट अफ फाइभ को खेलमा शितगङ्गा नगरपालिकाले ३-० को सिधा सेटमा पाणिनी लाई पराजित् गर्दै आफ्नो पालिकाको लागि ऎतिहासीक जित निकालेको थियो। 

दर्शक हरुले भरिभराउ

यो जित संगै शितगङ्गा नगरपालिकाले चौंथो संस्करणको उपाधि पुरस्कार ५० हजार साथै लगातार ३ पटकका बिगतका संस्करण जितेका कारण थप ५० हजार थप गरि १ लाख नगद र मेडल प्रमाणपत्र प्रदान गरेको आयोजक समुहले बताएको । साथै रनिङ्ग शिल शितगङ्गाले स्थायी रुपमा आफ्नो निजि बनाएको छ। 

 रनिङ्ग शिल शितगङ्गाले स्थायी रुपमा आफ्नो निजि बनाएको छ। 

प्रतियोगितामा पाणिनी गाउँपालिकाका नारायण थापा लाई उत्कृष्ट खेलाडीको रुपमा सम्मान गरेको थियो। 

एवाईसी अर्घाखाँचीद्वारा आयोजित अन्तरपालिका स्तरिय रनिङ शिल्ड भलिबल प्रतियाेगिता २०८० को समापान तथा पुरस्कार वितरण गर्ने कार्यक्रम प्रदेश सभा सदस्य राम्झी प्रसाद घिमिरे ,नगर प्रमुख कृष्ण प्रसाद श्रेष्ठ ,उपप्रमुख मिश्रा आचार्य ,परिषदका अध्यक्ष काजि श्रेष्ठ लगायत समाजसेवी ब्याक्तित्व साथै पत्रकारहरुको उपस्थितिमा सम्पन्न भएको थियो। 

अर्घाखाँची युवा परिषद

प्रतिक्रिया दिनुहोस्