अर्घाखाँचीका भुवनेश्वर अधिकारीद्वारा काग तिहारको दिन सन्धिखर्कमा काग सम्मेलन गर्ने

| २०८० कार्तिक २० गते २१: ४० मा प्रकाशित

अर्घाखाँची। हिन्दुहरूको दोस्रो महान चाड शुभ दीपावली (तिहार) २०८० कार्तिक २५ गते शनिबार धवन्तरि जयन्ती तथा यमपन्चको पहिलो दिन काग तिहारको अवसर पारेर काग सम्मेलन गरिने भएको छ । 

विभिन्न पशुपंक्षिको हुबहु आवाज निकाल्ने प्रतिभा भएका,  युवा प्रतिभा पुरस्कार तथा विभिन्न आइडल टयालेन्ट हन्ट शो बाट समेत सम्मानित भएका भुवनेश्वर अधिकारी २०७३ साल देखि विभिन्न मिडियामा आबद्ध हुदै उनको पहिलो काग सम्मेलन २०७४ साल देखिको लगातार २०८० को सातौ काग सम्मेलन हुने बताएका छन अहिलेसम्म ७ वर्ष निरन्तर काग सम्मेलनको समन्वयमा सातौ बृहत् काग सम्मेलन २०८० हुने भएको छ  अर्घाखाँचीको सन्धिखर्कमा रहेको  सामुदायिक रेडियो देउराली १०१ मेगाहर्जबाट पहिलो काग सम्मेलन हुदै अहिलेपनि सोहि रेडियोबाट काग सम्मेलन रेडियोको अन एयरबाटै काग सम्मेलन गर्ने भएका छन।

विश्वमा  रेडियोको अनएयरबाट प्रत्यक्ष  काग सम्मेलन पहिलोपटक गर्दै आएका छन रेडियोको अनएयर बाट प्रत्यक्षप्रसारण मार्फत कागको आवाज निकाल्दा  रेडियो  स्पिकरबाट आवाज सुनेर कागहरु वरिपरि उड्ने र रेडियोको नजिक कागहरु एकत्रित हुने हास्य कलाकार अधिकारीले बताए ।

काग सम्मेलनको उदेश्य  नेपालमा बढदै गएको बेरोजगार  विदेशमायुवा पलायन हुनु सरकारको गैरजिम्मेवार नेतृत्व भ्रष्टाचार विरुद्ध र भुकम्पजस्ता प्राकृति विपत्ति नहोस् भन्ने हेतुले काग सम्मेलन गर्ने बताएका छन, मुख्यत नेपाली क्रीकेट टिमको को अहिलेको उचाइ झै सुखि र समृद्धि नेपालको परिकल्पना समेत गरेको बताए।

यस्तै कार्यक्रम रेडियो देउरालीको समन्वयमा   देशभरका सयौं बढि रेडियोबाट प्रशारण हुने बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्