अर्घाखाँचीका सन्देश आचार्यको पहलमा ३ सय बिरामीहरु लाई आबश्यक पर्ने महत्त्वपूर्ण औंषधिहरु जाजरकोट पठाईयो

| २०८० कार्तिक २१ गते १६: ४१ मा प्रकाशित

अर्घाखाँची। यही कार्तिक १७ गते राती पश्चिम नेपालको जाजरकोट तथा रुकुम पश्चिममा गएको भुकम्पमा परी ठुलो धनजनको क्षती भएको छ ,कैयन ब्याक्ति घाइते अबस्थामा रहेका छन् । 

केहि घाइतेहरुको मलमपट्टी लगाइदिन युबा  अभियान्ता अर्घाखाँची जिल्ला सन्धिखर्क नगरपालिक वडा न २ भक्तिटोला निवासी सन्देश आचार्यको पहलमा दुई तीन सय बिरामीहरु लाई आबश्यक पर्ने महत्त्वपूर्ण औंषधिहरु पठाइएको छ। 

यस सहरानिय कार्यको लागि सन्देश आचार्य सहितको टोलि लाई अर्घाखाँचीबुलेटिन परिवार धन्यबाद व्यक्त गर्दछौं ।

प्रतिक्रिया दिनुहोस्