काठमाडौंमा नाँच्न जाने भैरव टाेलीकाे अर्घाखाँची बाट विदाई

| २०८० कार्तिक २१ गते १७: १३ मा प्रकाशित

प्रेमनारायण आचार्य। अर्घाखाँची सन्धिखर्क नगरपालिका १ को नेवार समुदाय ले निकालेको  भैरव नाच काठमाण्डौ महानगरपालिका २४ हनुमानढोका बसन्तपुरमा रहेको  काल भैरव अगाडी भाेलि कार्तिक २२ गते साझ ५ बजे देखि नाच्ने भएको भैरव संरक्षण समितिका सुवास श्रेष्ठले बताउनु भयो । 

काठमाडौंमा नाच्न सन्धिखर्कबाट हिडेकाे भैरव टाेलीलाई शान्ति बगैचामा रहेको १०८ गणेश पाञ्चायन मन्दिर अगाडि  सन्धिखर्क नगरपालिकाका नगर प्रमुख कृष्णप्रसाद श्रेष्ठ र उप प्रमुख मिश्रा आचार्यले  टीका र माला लगाएर विदाई गर्नु भएको छ । 

कार्यक्रममा वडा अध्यक्ष माधव श्रेष्ठ, हुम प्रसाद बन्जाडे, नारायण खड्का, वडा सचिव सीता बिसि, माया पन्थी  लगायतको उपस्थिति रहेको थियोे ।

प्रतिक्रिया दिनुहोस्