अर्घाखाँचीमा २०६० सालमा हत्या गरि फरार अभियुक्त २०८० मा पक्राउ: हत्याको कारण सुन्दा ज्या'नै सिरिङ्ग

| २०८० कार्तिक २२ गते २०: २७ मा प्रकाशित

केशब पन्थी,अर्घाखाँची। २० बर्ष अघि २०६० साल फागुन १३ गते अर्घाखाँचीको सितगङ्गा नगरपालिका वडा नम्बर ८ चरिङ्गेको धोन्द्रेखोला बस्ने रोल्पाको साबिक गाबिस वडा नम्बर २ कि ४५ बर्षिय नन्दा घर्तिको हत्या गरेको आरोप लागेका फरार अभियुक्तलाइ प्रहरीले पक्राउ गरि आज सार्बजनिक गरेको छ ।

अभियुक्त केशलाल घर्तिलाइ अर्घाखाँची जिल्ला अदालत बाट म्याद थप गरि अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।

रोल्पा जिल्लाको साबिक गाम गाबिस वडा नम्बर २ घर भइ दाङको साबिक गोबरडिहा गाबिस वडा नम्बर १ टहरा बस्ने अभियुक्त घर्तिलाइ लुकिछिपी बसिरहेको अबस्थामा गत असोज २८ गते इलाका प्रहरी कार्यालय ठाडा अर्घाखाँचीबाट खटिएको प्रहरीको टोलिले स्थानिय प्रहरीको सहयोगमा पक्राउ गरेको हो ।
अभियुक्त  घर्ती रोल्पा सुनछहरी  गाउँपालिका वडा नम्बर ३ बाहिरी गाम स्थित लुकिछिपी बसिरहेको अबस्थामा गत असोज २८ गते पक्राउ परेका थिए ।

पक्राउ परेका घर्तिले मृतकको परिवारसङ्ग पुरानो रिसिबि र पैसाको लोभमा हत्या गरेको खुलेको छ । अभियुक्त घर्तिले २ पटकको प्रयासमा हत्या गरेको खुलेको छ । 

उनले २०६० साल फागुन ८ गते पनि नन्दा घार्तिसङ्ग डर त्रास देखाइ पैसा मागेको र नदिएपछी चरम यातना दिएको बयानमा बताएका छन । त्यसपछी पिडित सो स्थानबाट भागेकी थिइन । तर दोस्रो पटक चारिङ्गे स्थित घर बाहिर आएको बेलामा फेरि अभियुक्त कटवाले भन्ने केशलाल घर्तिले नन्दा घर्तिको घाँटी अठ्याइ हत्या गरि फरार भएको अनुसन्धान बाट खुलेको अर्घाखाँची जिल्लाका सूचना अधिकारी प्रहरी निरीक्षक बिक्रम रिजालले जानकारी दिनुभएको छ ।

प्रतिक्रिया दिनुहोस्