गगन थापा मंसिर ८ गते अर्घाखाँचीमा आउँने

| २०८० कार्तिक २३ गते १७: ५८ मा प्रकाशित

कमला घिमिरे ,अर्घाखाँची । नेपाली काङ्ग्रेस अर्घाखाँचीले मंसिर ८ गते जिल्ला सम्मेलन गर्ने भएको छ । वडा, पालिका र क्षेत्रिय सम्मेलन सकेको कांग्रेसले आउँदो मंसिर ८ गते जिल्ला सम्मेलन गर्ने भएको हो ।

बिहिवार बिपि स्मृति भवन सन्धिखर्कमा बसेको जिल्ला कार्यसमितिको बैठकले जिल्ला सम्मेलन मङ्सिर ८ गते सन्धिखर्कमा गर्ने निर्णय गरेको पार्टी सचिव कृष्ण खनालले जानकारी दिए । सम्मेलनको उद्घाटन गर्न नेपाली काङ्ग्रेसका महामन्त्री गगन थापा, केन्द्रिय सदस्य चन्द्र भण्डारी लगायतका केन्द्रीय नेताहरु सन्धिखर्क आउने उनले बताए ।

बैठकले जाजरकोट र रुकुममा भुकम्पका कारण ज्यान गुमाउनेहरु प्रति श्रद्धाञ्जली व्यक्त गर्दै राहत र उद्दार लाई प्रभाककारि बनाउन सरकारसंग माग गरेको पार्टी प्रचार विभाग प्रमुख सुर्य प्रसाद भुसालले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्