नेपाली कांग्रेस आगामी निर्वाचनमा एक्लै निर्वाचन लड्ने : महामन्त्री गगन कुमार थापा

| २०८० मंसिर ९ गते २२: ५६ मा प्रकाशित

कमला घिमिरे ,सन्धिखर्क। नेपाली कांग्रेस आगामी निर्वाचनमा एक्लै निर्वाचन लड्ने महामन्त्री गगन कुमार थापाले बताए ।चुनाव हारे पनि,नेपालका सबै कम्युनिष्टहरु सवै एक भए पनि, पार्टी एक्लै लड्छ भन्दै नेता थापाले नेपाली  जनतामा नेताहरु निर्वाचनका लागी जे पनि गर्छन्,भन्ने परेको छ,अब भ्रस्टचारी लाई जहाँ गए पनि,जो भए पनि छोड्नु हुन्न,पार्टी सम्मालियर अगाडी बढ्नु पर्ने बताए ।

नेपाली काग्रेस अर्घाखाँचीको  प्रथम जिल्ला सम्मेलनको सन्धिखर्कमा उद्घघाट्न गर्दै नेता थापाले यस्तो बताएका हुन् ।देशका मुख्य उपलब्धी काग्रेसको  नेतृत्वमा भए पनि बिगतमा धेरै गल्ती गरेको स्वीकार गर्दे अब फेरी पनि पार्टी जिम्मेवार भयर पार्टी भित्रका कमि कमजोरीलाई हटाउदै काग्रेस अगाडी नवढे फेरी देशमा अर्को समस्या आउने थापाले बताए ।

पुर्व स्वास्थ्य मन्त्री समेत रहेको थापाले भने,“ नागरिकमा आक्रोस देखिएको छ,मानिसहरु यतिबेला साच्चिकै आतिएका छन्,यती बेला सरकारले नागरिकलाई म छु हामी छौँ भनेर केही गर्नु पर्ने बेला आएको छ, ,अब नागरिकलाई निःशुल्क उपचार गर्ने कानुन बनाई अगाडी बढ्नुपर्ने र जनताको पक्षमा काम गरे आगामी निर्वाचन काग्रेसकै पक्षमा हुने बताए” ।

अब गल्तीको भारी ब्यवस्था र आस्थालाई बोकायर नहुने, भन्दै थापाले भने,“अहिले देशको मुख्य समस्या बेरोजगारी र गरिबी हो,जहाँ समस्या छ त्यही उपचार गरेर अगाडी बढ्नु पर्छ,बिगत २० बर्ष देखी प्रमुख राजनैतिक दलमा एउटै नेतृत्व छ,अब प्रणाली र पद्धती नै बदल्नु पर्छ,निर्वाचन प्रणाली बारे पनि छलफल गर्नुपर्छ,संघियतालाई गलत ब्यख्या गरियो,अब अधिकार र आकार संघको सरकार भन्दा तलका सरकारको बढाउनु पनर्छे,निर्वाचन प्रणाली,संघियता बारे छफल गर्नु पर्छ, ब्यबस्था गलत छैन अधिकार बिनाको संघियताले समस्या भएको बताए ।

अर्घाखाँचीमा जतिबेला पनि चुनाब हुन सक्ने संकेत गर्दे बिगतका सवै बिषयलाई समिक्षा गर्दे सवै नेता कार्यकर्ता एक भयर लाग्न आग्रह गरे ।नेपाली कांग्रेसका केन्द्रिय  सदस्य तथा प्रतिनिधि  सभा सदस्य चन्द्र  भण्डारीले ब्यवस्था प्रती जनताले प्रश्न गरेकोले अब सवै सचेत भयर अगाडी बढ्नु पर्ने बताए ।

चन्द्र  भण्डारी

सम्मेलनको शुभकामना दिर्दे केन्द्रिय सदस्य हरु पुस्पा भुसाल,मान बहादुर बिक, चन्द्र केसी नयनसिंह महर,लुम्बिनी प्रदेश सभापति अम्मर सिँह पुन, महर,लगायतले पार्टी नेतृत्व अव जिम्मेवार भयर अगाडी बढ्नुपर्ने बताए ।

 पुस्पा भुसाल

जिल्ला सम्मेलन जिल्ला सभापति केशब श्रेष्ठको अध्यक्षता,उपसभापति बिष्णु भुसालको स्वागत मनतब्य र सचिब कृष्ण खनालको संचालनमा सम्पन्न भएको छ । कार्यक्रममा नेपाली कांग्रेसका प्रदेश उपासभापति भुवन श्रेष्ठ, सहमहामन्त्री बिष्णुु प्रसाद खनाल मुस्कान, पुर्व सभापति कमल प्रसाद भुसाल,रेउती भुसाल,शान्ता भण्डारी निर्मला क्षेत्री,लगायतका नेताहरुको आथित्यता रहेको कार्यक्रममा कांग्रेसका जिल्लाका ६१ वटै वाडहरु पार्टी नेता कार्यकर्ताहरुको बाक्लो उपस्थिी रहेको थियो । अधिबेशनको दोस्रो शत्रमा विभिन्न प्रतिबेदन माथी छलफल हुने सहसचिब कमल पौडेलले बताए।

प्रतिक्रिया दिनुहोस्