प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाको निति तथा कार्यक्रम कार्यान्वयन समन्वय बैठक सम्पन्न

| २०८० मंसिर ११ गते १७: १५ मा प्रकाशित

अर्घाखाँची,मंसिर ११ । प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना परियोजना कार्यान्वयन इकाई अर्घाखाँचीको निति तथा कार्यक्रम कार्यान्वयन समन्वय बैठक सम्पन्न भएको छ ।

बैठकले ( १) गत आ.ब. ०७९/०८० को बाषिक कार्यक्रमहरुको बाषिक प्रगति तथा सम्पन्न गरिएका प्रमुख कार्यक्रमहरुको उपलब्धि तथा प्रभाबको बारेमा सामुहिक छलफल गर्‍यो 
 
२) आ.ब. २०८०/०८१ को स्वीकृत बाषिक कार्यक्रमहरुको जिल्ला समन्वय समिति अर्घाखाँचीका प्रमुख जिबनारायण कोइरालाको अध्यक्षतामा र सम्पुर्ण सरोकारवाला निकायका प्रतिनिधिहरुको उपस्थितमा सार्बजनिकिकरण गरियो।

( ३)चालू आ.ब. २०८०/०८१ मा बाख्रा जोनका कार्यक्रमहरुलाई थप पुरस्कृत बनाउन बाख्रा जोन संचालन समन्वय समितिको पुनर्गठन न्युनतम मापदण्ड र कार्यबिधीमा रहि गठन प्रक्रिया अगाडि बढाउने सर्बसम्मत निर्णय गर्‍यो ।

(४) यस आ.ब. मा संचालन गरिने बाषिक स्वीकृत कार्यक्रमहरुको छनौट लाई निषपक्ष स्थलगत अनुगमन तथा फिल्ड भेरिफिकेशन चुस्त दुरुस्त रुपमा सम्पन्न गर्ने निर्णय गर्‍यो ।
 
जिल्ला समन्वय समितिका प्रमुख जिबनारायण कोइरालाको अध्यक्षतामा बसेको बैठकमा सन्धिखर्क नगरपालिकाका नगरप्रमुख कृष्ण प्रसाद श्रेष्ठ मालारानी गाउँ पालिकाका अध्यक्ष दल बहादुर भट्टराई, छत्रदेब गाउँपालिका अध्यक्ष चन्द्रमान श्रेष्ठ ,सहायक प्रमुख जिल्ला अधिकारी मेघनाथ पाध्य , प्रशासकीय अधिकृत नुमलाल पन्थी , कृषि ज्ञान केन्द्रका कार्यालय  प्रमुख बुद्दीराज घिमिरे , कोष अधिकृत राजु पान्डे भेटनरी तथा पशुसेवा कार्यालयका प्रमुख बिष्णु पौडेल परियोजना प्रमुख बिष्णु बहादुर मग्राती डिभिजन बन कार्यालयका अधिकृत यादब सापकोटा , सिंचाइ डिभिजन कार्यालयका प्रतिनिधि माधब भुसाल , जिल्ला समन्वय  समितिको कार्यालयका प्रतिनिधि बिनोद कुवर , अर्घाखाँची उधोग बाणिज्य संघका सचिब सन्तोष बस्नेत  नेपाल पत्रकार महासंघका अध्यक्ष अशोक खनाल लगायतको उपस्थितमा सम्पन्न बैठकको संचालन कृषि अधिकृत दिवाकर पन्तले गरेका थिए। 

प्रतिक्रिया दिनुहोस्