अर्घाखाँचीका पर्यटकीय स्थलको भिडियो डकुमेन्ट्री प्रधानमन्त्री दाहालले उद्घाटन गर्ने

| २०८० पौष २६ गते २१: ५६ मा प्रकाशित

अर्घाखाँची।नेपाल पत्रकार महासंघ अर्घाखाँचीले तयार परेको पर्यटकीय स्थलको भिडियो डकुमेन्ट्रीलाई माघ १ गते सन्धिखर्क टुडिखेलमा प्रधानमन्त्री पुष्पकमल दाहालले उदघाटन गर्ने भएका छन् ।

अर्घाखाँची जिल्लाका धार्मिक पर्यटकीय स्थल, प्राकृतिक संरचना सहितका ऐतिहासिक सम्पदाको बारेमा भिडियो डकुमेन्ट्री तयार पारिएको हो । 

ऐतिहासिक धार्मिक पर्यटकीय स्थल सुपादेउरालीम मन्दिर, पाणिनि ऋषिले तपस्या गरी संस्कृत व्याकरणको उदगम स्थल पाणिनि तपोभूमी, पतञ्जली जन्मेको स्थाल जलुके, राणा प्रधानमन्त्री जंगबहादुर राणाको जन्मस्थल मथुराधाम र न्वारन गरेको बल्कोट पौवा, खाँचीकोट र अर्घादरबार, छत्रमहाराज मन्दिर, मालारानी मन्दिर, नृसिंहस्थान मन्दिर, नरपानी, खाँचीदरबार, अर्घादरबार, खिदिम गुफा, भूमेथान मन्दिर, सेङलेङ दह, डमरुदह लगायत ६१ वडामा धार्मिक, प्राकृतिक संरचनाको बारेमा भिडियो डकुमेन्ट्री प्रधानन्त्री दाहालले उदघाटन गर्ने कार्यक्रम रहेको अभियानका प्रवक्ता हृदयकुमार भुसालले बताए ।
 
पत्रकार महासंघका प्रदेश सदस्य प्रेमनारायण आचार्यको नेतृत्वमा पर्यटकीय स्थलको भिडियो डकुमेन्ट्री तयार पारिएको हो । अर्घाखाँचीका पर्यटकीय स्थलको प्रचारप्रचार गरी आर्थिक समृद्धि सहित स्वदेशी तथा विदेशी धेरै पर्यटक भित्राएर जिल्लामा पर्यटन व्यवसायबाट अर्घाखाँचीलाई स्वरोजगार बनाउने कार्यक्रमको उद्देश्य रहेको छ । 

अर्घाखाँचीका पर्यटकीय स्थललाई स्वदेश तथा विदेशमा पुराएर जिल्लामा पर्यटक भित्राउन भिडियो डकुमेन्ट्रीले सहयोग पुग्ने विश्वास पत्रकार महासंघले गरेको छ।

प्रतिक्रिया दिनुहोस्