नेपाल रेड्क्रस सोसाइटी जिल्ला शाखा अर्घाखाँचीको  स्वण महोत्सव मुल समारोहद्वारा विविध कार्यक्रमको आयोजना 

| २०८० माघ २९ गते १६: ४० मा प्रकाशित

अशाेक खनाल ,अर्घाखाँची । नेपाल रेड्क्रस सोसाइटी जिल्ला शाखा अर्घाखाँचीले आफ्नो स्थापना दिवस  ५० औं बर्षमा प्रवेश गरेको अबसरमा विभिन्न कार्यक्रमको आयोजना गरि  स्वण जयन्ती मनाइरहेको  छ।

शाखाले सोमबार  जिल्ला स्थित साथीहोटेलमा जिल्ला समन्वय समितिका प्रमुख जिबनारायण कोइरालाको प्रमुख आतिथ्यतामा स्मारिका बिमोचन , बिशिस्ट अतिथि सम्मान रक्तदाता हरु लाई सम्मान पत्र लगायतका कार्यक्रम सम्पन्न गरेको छ बिपद मानबिय सेवा , सामुदायिक बिकास , रगत तथा बल्ड बैंक स्थापना , एम्बुलेन्स संचालन द्वन्द्व ग्रस्त क्षेत्रहरुलगायतमा कामगर्ने यस् संस्था नेपालमा २०२० साल भाद्र १९ गते स्थापना भइ अर्घाखाँचीमा पनि २०३० साल माघ -२९ गते स्थापना भएको थियोे ।

स्मारिका बिमोचन सम्मान तथा प्रमाणपत्र बितरण कार्यक्रममा  रेडक्रस लुम्बिनी प्रदेशका अध्यक्ष लाल प्रसाद पङेनी ,सन्धिखर्क नगरपालिकाका नगरप्रमुख कृष्ण प्रसाद श्रेष्ठ ,प्रमुख जिल्ला अधिकारी कमल राज ढकाल ,मालारानी गाउँ पालिका उपाध्यक्ष दिपा पोख्रेल , छत्रदेब गाउँपालिकाका उपाध्यक्ष मनि पन्थी , अर्घाखाँची अस्पतालका निमित्त मेडिकल सुपरिटेन्डेन्ट अशोक शाह ,रेड्क्रस  लुम्बिनी प्रदेशका पुर्ब अध्यक्ष शम्भु पोख्रेल , नेपाली काङ्ग्रेस अर्घाखाँचीका सचीव कृष्ण प्रसाद खनाल , नेकपा ( एमाले ) लुम्बिनी प्रदेश सदस्य केबि भुसाल ,नेकपा ( माओबादी केन्द्र ) लुम्बिनी प्रदेश सदस्य ठाकुर सौराग , रास्ट्रिय स्वतन्त्र पाटीका जिल्ला सभापति हरि प्रसाद भुसाल , राप्रपाका जिल्ला सचीव महेन्द्र कुमार श्रेष्ठ , नेकपा एकीकृत समाजबादीका जिल्ला अध्यक्ष राम बहादुर चौहान रास्ट्रिय जनमोर्चाका नेता भिमलाल आचार्य विभिन्न संघ संस्थाका प्रमुख तथा प्रतिनिधिहरु पत्रकार महासंघका अध्यक्ष तथा अन्य संचारकर्मीहरुको उपस्थित रहेको थियो ।

आइतबार  शाखाद्वारा आयोजित आफ्नै प्राङ्गणमा भएको रक्तदान कार्यक्रममा एकसय बहत्तर जनाले रक्तदान गरेका थिए ।
 
कार्यक्रम जिल्ला शाखा सभापति कुशल भुसालको अध्यक्षता उपसभापति चन्द्र प्रसाद बन्जाडेको स्वागत मन्तव्य  तथा मन्त्री  तुल्सी राम पौडेलको संचालनमा सम्पन्न भएको थियो ।

प्रतिक्रिया दिनुहोस्