राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) अर्घाखाँची द्वारा खर्चको विवरण सार्वजनिक(सम्पूर्ण विवरण सहित)

| २०८० फागुन १ गते १६: ५१ मा प्रकाशित

हरि कुँवर , अर्घाखाँची । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) अर्घाखाँचीले खर्चको विवरण सार्वजनिक गरेको छ । 

सन्धिखर्कमा गत माघ २० गते सनिवार पार्टीले आयोजना गरेको खुल्ला जनसभामा भएको खर्चको विवरण राष्ट्रिय स्वतन्त्र पार्टी अर्घाखाँचीका सभापति हरि प्रसाद भुसालले सोमबार सार्वजनिक गरेका हुन  । 

हामीकहाँ सामाजिक जबाफदेहिताको अभ्यास छैन। हामीले सहयोग गरेका थियौँ भनेर दिनेले पनि सोधीखोजी गर्दैन। लिनेले त गर्ने कुरै भएन तर राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) अर्घाखाँची खर्च र आमदानी विवरण सार्वजनिक गरेर प्रसंशा को पात्र बनेको पार्टीका शुभचिन्तकहरुले बताएका छन । 

खर्च तर्फ २ लाख ८९ हजार ७ सय २८ देखाइएको छ भने आमदानी तर्फ  २ लाख ५७ हजार ३ सय देखाइएको हो । उनले ३२ हजार ४ सय २८ रुपियाँ अपुग रहेको जानकारी गराउदै तन, मन र बचनले सहयोग गर्ने सम्पूर्णमा हार्दिक धन्यवाद व्यक्त गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्