"क्लोथ एण्ड फूड बैंक नेपाल, अर्घाखाँची" को स्थापना

| २०८० फागुन १० गते १७: २८ मा प्रकाशित

हरि कुँवर, अर्घाखाँची ।अर्घाखाँचीको सन्धिखर्क "क्लोथ एण्ड फूड बैंक नेपाल, अर्घाखाँची"को  स्थापना गरिएको छ । सन्धिखर्क नगरपालिका संग सम्झौता हुने तैयारी रहेको र अन्य नगरपालिका र गाउँ पालिकाले पनि सम्झौताको निम्ति प्रक्रिया अगाडि बढाएको जिल्ला संयोजक सहयोगी बि. सि.ले बताए ।

आफ्नो घरमा भएको पुरानो कपडा छुटाएर राख्न विभिन्न रेडियोमा सूचना प्रसारण गरिएको र केही दिन भित्रमा ती सामाग्री संकलन गर्न टोल छिमेकमा गाडी ल्याएर आउने संयोजक बि.सिले बताए।

महानायक राजेश हमाल संरक्षक रहेको  क्लोथ एण्ड फुड बैंक नेपाल जिल्ला शाखाले कपडा संकलनको लागि ठाउँ-ठाउँमा क्लोथ बक्सको स्थापना पनि गर्ने भएको हो । 

साथी होटल नजिकै गोदाम सुरु गरिएको बताउदै कपडा बैंकमा कपडा राख्नेको रेकर्ड हुन सक्दछ तर कपडा प्राप्त गर्नेको भिडियो फोटो खिच्न प्रतिबन्ध गरिएको जिल्ला संयोजक बि. सि.ले जानकारी दिएका हुन ।

यो अभियानले जिल्लाभरका दिनदुखीहरुको जीवनस्थरमा सहयोग  पुग्ने अपेक्षा राखिएको छ ।

प्रतिक्रिया दिनुहोस्