अर्घाखाँची क्रिकेट संघ द्वारा महिला खेलाडी प्राेत्साहानका लागि आर्थिक सहयाेग

| २०८० फागुन २५ गते १४: ३६ मा प्रकाशित

हरि कुँवर, अर्घाखाँची ।अर्घाखाँची क्रिकेट संघले महिला खेलाडी लाई एक वर्षको आर्थिक सहयोग गर्ने भएको छ । 

स्वस्थ्यका लागि खेलकुद, राष्ट्रका लागि खेलकुद भन्ने मुलनारा सहित खेलाडीको उच्च मनोबल उदयमान खेलाडीलाई प्रोत्साहन सरुप जिल्लामा महिला क्रीकेट र महिला खेलाडीकोको विकासको लागि सन्धिखर्क -२ निवासी खेलाडी ममता जिसि लाई एक बर्षका लागि मासिक तीन हजारको दरले आर्थिक सहयोग गर्ने भएको हो । 


शुक्रबार प्रेस विज्ञप्ति जारी गर्दै अर्घाखांची क्रीकेट संघले खेलाडी प्रोत्साहन कोष स्थापना गरि खेलाडी मुल्यांकन गरि आवश्यकता अनुसार सो कोष मार्फत सहयोग गर्ने निर्णय गरेको थियो । 

जिल्लामा कोही कसैले पारिवारिक आर्थिक अवस्था कमजोर भएर वा खेलसामाग्री नभएर क्रीकेट खेल्नबाट बन्चित हुनुनपर्ने र त्यसको आवश्यक सहजीकरण र प्रबन्ध गरिदिने अर्घाखाँची क्रिकेट संघका अध्यक्ष ऋषिकेश भट्टराईले जानकारी दिएका छन् ।

यसैगरी ११४ औं अन्तराष्ट्रिय महिला दिवसको अवसर पारेर अर्घाखाँची क्रीकेट संघले स्थापना गरेको खेलाडी प्रोत्साहन कोषमा प्रतिनिधि सभा सदस्य विजुला रायमाझीले खेलाडीहरूकाे उत्तराेत्तर प्रगति तथा  सुन्दर भविस्यको कामना गर्दै नगद दस हजार रुपैयाँ सहयोग गरेकी छन् ।

प्रतिक्रिया दिनुहोस्