अर्घाखाँचीको हिलेखोलामा सडक कालोपत्रे गर्ने क्रममा अलकत्र बोकेको ट्याकंर जलेर नष्ट: लाखौँको क्षति

| २०८० फागुन २८ गते २१: २८ मा प्रकाशित

श्याम घिमिरे ,गोरुसिंगे। सन्धिखर्क सडक अन्र्तरगत अर्घाखाँचीको शितगंगा नगरपालीका वडानं.१२ हिलेखोला स्थित सडक कालोपत्रे गर्ने क्रममा डिस्ट्रिब्युटर (अलकत्र बोकेको ट्याकंर) मा आगो लागी नष्ट भएको छ । हिलेखोलाको सल्लेरी खण्डमा कालोपत्रे गरिरहेकै अवस्थामा एक्कासी ट्याकंरमा आगो सल्किएपछि अनियन्त्रित भइ ट्याकंर र कालोपत्रे गर्न तयार पारिएको तेल (अलकत्र र मट्टितेल) जलेर नष्ट भएको हो । 

शिवपुर सडक डिभिजन कार्यालयको योजनामा खनाल ब्रर्दश प्रतिभा सम्झना जे.वि.कन्ट्रक्शन प्रालि सन्धिखर्कले निर्माणको जिम्मा लिएर काम गर्दै आएकोमा आज (सोमबार) साँझ ६ बजे तिर ट्याकंरमा एक्कासी आगलागि भएको खनाल बर्दशका प्रोप्राइटर कविराम खनालले बताउनुभयो  ।

आगोलागिबाट अमर निर्माण सेवाको ना ५ ख २०८३ नम्बरको डिस्ट्रिब्युटर (अलकत्र बोकेको ट्याकंर) र त्यसमा रहको ७ हजार लिटर कालोपत्र गर्न राखिएको तेल समेत जल्दा झण्डै ६० लाख बराबरको क्षति भएको कंम्पनीले जनाएको छ । घटना भएको थाहा पाएपछि ठाडा प्रहरी चौकीको प्रहरी टोली, स्थानिय बासिन्दा, यात्रु  र निर्माण कम्पनीको सहयोगमा करिब २ घण्टापछि आगो नियन्त्रणमा आएको कंम्पनीका साइड इन्चार्ज कुलराज खनालले जानकारी दिनुभयो ।

प्रतिक्रिया दिनुहोस्