स्वर्गवदारी मन्दिर भ्रमण गदै अर्घाखाँची जिल्ला आउनेको सङख्या बढ्दो

अर्घाखाँचीका धार्मिक, ऐतिहासिक स्थल र पर्यटनको सम्भावना

| २०८० फागुन २९ गते १९: ४८ मा प्रकाशित

विकास सुनार।अर्घाखाँची जिल्लाको भूमिकास्थान नगरपालिका  खिल्जी असुरकोट रोड हुँदै प्युठानको महत्वपूर्ण तिर्थस्थल स्वर्गवदारी मन्दिर दर्शन गर्दै अर्घाखाँची जिल्लामा आउने गरेको पाइन्छ ।

असुरकोट खिल्जी रोड बाटो पिज भए संगै  प्युठान जिल्ला बाट भ्रमण गरेर अर्घाखाँची जिल्ला   आउनेको संख्या धेरै बढेको छ ।

पछिल्लो समय बाटो पिँज भएसँगै  पर्यटन  पश्चिमी भेग  भ्रमण गर्दै  रोल्पा त्युठान  हुँदै दिनप्रतिदिन बसमा भ्रमण गर्दै  अर्घाखाँची जिल्लाको भूमिकास्थान नगरपालिका असुरकोट , खिल्जी हुँदै अर्घाखाँची अन्तरिक पर्यटन भित्रिएको देखिन्छ ।

अर्घाखाँची जिल्ला भित्र रहेका नेपालको प्रसिद् धार्मिक स्थल सुपादेउराली सँगै जिल्ला भित्र रहेका  पर्यटन क्षेत्र लाई  देखाउन सकेमा  अर्घाखाँची जिल्ला समेत चिनाउन सकिने देखिन्छ । ओझेलमा परेको ठाउँलाई प्रसार - प्रसार गरेर जिल्लाले देखाउने सके बाहिर जिल्ला बाट आउने आन्तरिक पर्यटनलाई जिल्लामा भित्राउन सकिन्छ ।  

अर्घाखाँची जिल्ला भित्र रहेका निकै महत्वपूर्ण स्थान लाई प्रसार _ प्रसार गर्न सके जिल्ला लाई समेट चिनाउन सक्ने सम्भावना रहेको देखिन्छ । जिल्लामा बाह्यभन्दा पनि बढी आन्तरिक पर्यटनको सम्भावना धेरै रहेको छ । यहाँका यस्ता धार्मिक तथा ऐतिहासिक पर्यटकीय स्थलहरूमा सुपा देउराली, नरपानी, पाणिनि तपोभूमि, बल्कोट पौवा, अर्घा भगवती, छत्र महाराज मन्दिर, पतञ्जलीको जन्म भएको स्थल, मालारानी भुमे मन्दिर , शान्ति बगैँचा, नरसिंह थान बामरुकलगायत रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्