पहल नेपालद्धारा सीमान्तकृत समुदायका किशोरीलाई नेतृत्व विकास तालिम सञ्चालन

| २०८० चैत १० गते १७: ५५ मा प्रकाशित

विक्रम नेपाली ,अर्घाखाँची।अर्घाखाँची जिल्लाका पाणिनी गाउँपालिका, सन्धिखर्क र शितगंगा नगरपालिकाकाका सीमान्तकृत समुदायका १६ देखि २५ वर्ष समुहका  पन्ध्र जना किशोरीहरुलाई शिक्षामा बहस र पैरवी गर्न उनीहरुको क्षमता विकासको लागि पहल नेपालको आयोजनमा तीन दिने आवासीय तालिम आजबाट सन्धिखर्कमा सुरु भएको छ ।

तालिको उद्घाटन गर्दै, सन्धिखर्क नगरपालिका नगर उप–प्रमुख मिश्रा आचार्यले, आफु निर्वाचित भएको दुइ वर्षमा  अर्घाखाँची जिल्लाको शिक्षा क्षेत्रमा कसैले काम नगरेको र पहल नेपालले सीमान्तकृत समुदायको बालिकाहरुको गुणस्तरीय शिक्षाको लागि काम गर्न सुरुवात गरेकोमा खुसी व्यक्त गर्नुभयो ।  उहाँले यस कामको लागि पहल नेपाललाई धन्यवाद दिदै यो परियोजना सफल बनाउन सन्धिखर्क नगरपालिका साझेदारी र सहकार्यको लागि तयार रहेको बताउनुभयो । 

शिक्षा विकास समन्वय इकाई अर्घाखाँका कार्यालय प्रमुख मणिराम पराजुलीले संघीयताको मर्म अनुसार शिक्षा र स्वास्थ्यमा जसरी काम हुनुपर्ने हो सो नभएको भन्दै बास्तवमा राज्यले गर्नुपर्ने कामहरु पहल नेपालको यो परियोजनाले गर्न लागेकोमा धन्यवाद दिदै कार्यालयको तर्फबाट जस्तो सुकै सहयोग गर्न तयार रहेको भन्दै संघीयतापछि स्थानीय तहले शिक्षा सम्वन्धी नीतिहरु बनाउन नसकोको कारण शिक्षा सम्वन्धी प्रयाप्त  काम हुन नसकेको  बताउनुभयो ।

कार्यक्रमा विभिन्न सरोकारवाला व्यक्तिहरुले शिक्षा सुधारको लागि यो कार्यक्रम अर्घाखाँची जिल्लाम कोसेढुगाा सवित हुनेमा विश्वास व्यक्त गर्दै सहयोग को लागि प्रतिवद्धता व्याक्त गरेका थिए । तालिम उदघाटनमा सन्धिखर्क नगरपालिका उपप्रमुख मिश्रा आचार्य शिक्षा विकास समन्वय इकाइका प्रमुख मणिराम पराजुली सन्धिखर्क नगरपालिका दश न. वडाका वडा अध्यक्ष मोहन सिह ठकुरी, वडा सदस्य, हरी लाल पराजुली दलित महिला संघका अध्यक्ष मिना भुसाल नेपाली लगायतको सहभागिता रहको थियो ।

युएसआइडि÷सिएसएम को आर्थिक  सहयोग, द एसिया फाउण्डेसन र पहल नेपाल अर्घाखाँचीको साझेदारीमा अर्घाखाँची जिल्लाका तीन ओटा स्थानीय तहमा सञ्चालन भएको USAID/CSM- Girls for Girls community engagement for Education परियोजना अन्तरगत चैत्र १० गतेदेखि १२ गते सम्म आवासीय तालिम सञ्चालन गर्ने र उनीहरुलाई निरन्तर सीमान्तकृत समुदायका बालिकाहरुको शिक्षामा वहस पैरवी गराउनको लागि तालिमको आयोजना गरिएको आयोजक संस्था पहल नेपालका कुल वहादुर नेपालीले जानकारी दिए । 

परियोजनाले एक वर्षको अविधीमा सीमान्तकृत समुदायका बालिकाहरुको गुणस्तरीय शिक्षाको लागि विभिन्न कार्यक्रमहरु सञ्चालन गर्ने पहल नेपालका परियोजना संयोजक खेमराज मरासीनी जानकारी दिनुभयो  कार्यक्रम कुल वहहादुर नेपालीको अध्यक्षता र परियोजना खेमराज मरासेनीको सञ्चालनमा सम्पन्न भएको थियो ।

प्रतिक्रिया दिनुहोस्