शिक्षकहरूद्वारा काठमाडौँ महानगरको निर्देशन अवज्ञा: आन्दोलनमै जाने निर्णय

| २०८० असोज ३ गते १९: ०८ मा प्रकाशित

काठमाडौँ । शिक्षकहरूले काठमाडौँ महानगरपालिकाको उर्दीको अवज्ञा गर्दै आन्दोलनमा सहभागी हुने निर्णय गरेका छन् । उनीहरुले बन्द हड्तालमा नजान काठमाडौँ महानगरले गरेको उर्दीको अवज्ञा गर्दै आन्दोलनमै जाने निर्णय गरेका हुन् । 

बुधबार बसेको महानगरभित्रका ८४ जना प्रधानाध्यापकसहित शिक्षक कर्मचारीको बैठकले आजदेखि सुरु भएको आन्दोलनलाई निरन्तरता दिने र महानगरको उर्दीको अवज्ञा गरेर जाने निर्णय गरेको हो ।

काठमाडौँ महानगरले विद्यालय बन्द नगर्न चेतावनी दिएको बेला उनीहरूले आन्दोलनमा जाने निर्णय गरेका छन् । पद्मोदय माविका प्रधानाध्यापक नारायण गौतमले आन्दोलनमै जाने निर्णय गरिएको बताए । महानगरभित्रका ८४ जना प्रधानाध्यापककै हस्ताक्षरसहित निर्णय गरेर आन्दोलनबाट पछि नहट्ने निर्णय भएको उनले जानकारी दिए ।स्रोत - रातो पाटी 

बिज्ञप्ति 

 

 

प्रतिक्रिया दिनुहोस्