किरण गजमेर बने भ्वाइस अफ नेपाल सिजन ३ को विजेता

| २०७८ सावन २४ गते ००: ३० मा प्रकाशित

काठमाडौं । किरण गजमेर सांगीतिक रियालिटी शो भ्वाइस अफ नेपाल सिजन–३ को विजेता बनेका छन् । 

आज भएको ग्रान्ड फिनालेमा किरणले तारा शिरिस मगर, ज्वाला राई र आर्यन तामाङलाई पछि पार्दै भ्वाइस अफ नेपाल सिजन–३ को विजेता बनेका हुन् । उनले उपाधीसँगै २५ लाख रुपैयाँ जितेका छन् । 

उनी कोच प्रमोद खरेलको टिमका प्रतिस्पर्धी हुन् । यसअघि भ्वाइस अफ नेपाल सिजन–१ मा सिडी विजय अधिकारी र सिजन–२ राम लिम्बू विजेता बनेका थिए । 

सिडी विजय टिम दीपका प्रतिस्पर्धी थिए भने राम लिम्बू टिम प्रमोदका प्रतिस्पर्धी थिए । 

प्रतिक्रिया दिनुहोस्