अढाई वर्षीया नाबालिका भारतीयलाई बेचियो, पाल्ने जिम्मा लिएकी महिला पक्राउ

| २०८१ बैशाख १४ गते १७: १७ मा प्रकाशित

काठमाडौं। एकजना अढाई वर्षीया नाबालिकालाई भारत लगेर बेचेको खुलेको छ ।

अढाई वर्षीया ती नाबालिकालाई बेचबिखन गरेको अभियोगमा प्रहरीले ललितपुरको गोदावरी नगरपालिका-१३ घर भई काठमाडौंको जडीबुटी बस्ने उर्मिला भन्ने ४३ वर्षीय कल्पना विश्वकर्मालाई प्रहरीले पक्राउ गरेको छ ।

विश्वकर्माले मकवानपुरको एक परिवारकी नाबालिकालाई होस्टेलमा राखेर पढाइदिने प्रलोभन देखाएर काठमाडौंस्थित आफ्नै घरमा राखेकी थिइन् ।

काठमाडौं ल्याइएकी ती नाबालिकालाई उनले भारतको सिलगुडीबाट आएकी साथीलाई सुम्पिएको खुलेको थियो ।उनले नाबालिकालाई भारतको सिलगुडीस्थित साथीलाई बेचेको सूचनाको आधारमा राष्ट्रिय बालबालिका खोजतलास केन्द्र तथा राष्ट्रिय बाल अधिकार परिषद्को पहलमा खोजतलास थालिएको थियो ।

ती बालिकाको उद्दार गरेर हाल सुरक्षित आवासगृहमा राखिएको प्रहरीले जनाएको छ । मानवबेचबिखन

अनुसन्धान ब्यूरो बबरमहलबाट खटिएको प्रहरीले विश्वकर्मालाई काठमाडौंको भृकुटीमण्डपबाट पक्राउ गरेर हिरासतमा लिएको छ।

उनीविरुद्ध मानवबेचबिखन तथा ओसार पसार मुद्दामा जिल्ला अदालत काठमाडौंबाट ७ दिन म्याद थप अनुमति लिई प्रहरीले अनुसन्धान गरिरहेको छ ।स्रोत - खबर हब 

प्रतिक्रिया दिनुहोस्