तमु ल्होछारको अवसरमा बिहीबार सार्वजनिक बिदा (सुचना सहित)

| २०७८ पौष १४ गते १८: १६ मा प्रकाशित

काठमाडौँ। सरकारले 'तमु ल्होछार' पर्वको अवसरमा बिहीबार सार्वजनिक बिदा दिएको छ । 

गृह मन्त्रालयका उपसचिव शोभाखर रेग्मीले बुधबार सूचना जारी गर्दै मन्त्रिपरिषद् बैठकको निर्णयअनुसार तमु ल्होछारको अवसरमा बिहीबार सार्वजनिक बिदा दिइएको जानकारी गराएका हुन् ।

'वि.सं २०७८ पुस १५ गते बिहीबारका दिन तमु ल्होछारको अवसरमा देशभरका सरकारी कार्यालय तथा सार्वजनिक निकायमा सार्वजनिक बिदा दिने' नेपाल सरकार मन्त्रिपरिषद्‌बाट मिति २०७८/९/१४ मा निर्णय भएको हुँदा सम्बन्धित सबैको जानकारीको लागि यो सूचना प्रकाशित गरिएको छ', उपसचिव रेग्मीद्वारा जारी सूचनामा उल्लेख छ । बिहीबार गुरुङ समुदायले बाघ वर्गलाई स्वागत गर्दै नयाँ वर्ष (ल्होछार) पर्व मनाउँदैछ ।

गुरुङहरुले हरेक वर्ष पुस १५ गते ल्होछार मनाउँछन् ।

प्रतिक्रिया दिनुहोस्