विवेकशील साझा पार्टीका अध्यक्ष मिश्रलाई कोरोना संक्रमण

| २०७८ माघ २ गते १६: ४९ मा प्रकाशित

काठमाडौँ। विवेकशील साझा पार्टीका अध्यक्ष रवीन्द्र मिश्रलाई कोरोना संक्रमण पुष्टि भएको छ । मिश्रले आज (आइतबार) सामाजिक सञ्जालमार्फत् आफू कोरोना संक्रमित भएको जानकारी दिएका हुन् ।

‘बाहिर हेर्दा उस्तै, भित्रभित्रै कोरोना भाइरसको विगविगी ! म पनि Corona Positive देखिएको छु। गत केही दिनमा मेरो नजिकको सम्पर्कमा आउनुभएका साथीरशुभेच्छुकहरूलाई सावधानी अपनाउन र आवश्यक देखिए परिक्षण गर्न विनम्र आग्रह गर्दछु। अस्पतालमा परिक्षणपछि घर आएर सुरक्षितरुपमा बसेको छु। अहिले सबै ठिकै छ।’, उनले लेखेका छन्।

प्रतिक्रिया दिनुहोस्