गुल्मीमा मोटरसाइकल दुर्घटना हुदाँ एक जनाको मृ'त्यु

| २०७८ चैत ९ गते २०: ३६ मा प्रकाशित

गुल्मी । गुल्मीमा मोटरसाइकल दुर्घटना हुदाँ एक जनाको मृत्यु भएको छ । बुधबार दिँउसो ४ बजेको समयमा इस्मा गाउँपालिका १ छिनुवामा मोटरसाईकल अनियन्त्रित भई सडक देखी ५० मिटर तल खोलामा मोटरसाइकल दुर्घटना भएको हो ।

जिल्लाको सदरमुकाम तम्घासबाट सिमलटारी जाने क्रममा लु १२ प ३८०९ नं को मोटरसाइकल अनियन्त्रित भएको थियो । दुर्घटना हुदाँ मोटरसाइकल चालक रेसुङ्गा नगरपालिका २ बस्ने अन्दाजी ५० वर्षिय रामबहादुर कुवँरको उपचारको क्रममा गुल्मी अस्पतालमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय, गुल्मीले जनाएको छ ।  मोटरसाइकलमा सवार रेसुङ्गा नगरपालिका २ उदिनढुङ्गाका ३९ वर्षिय रुद्र बहादुर वि.कको गुल्मी अस्पतालमा उपचार भईरहेको छ ।

प्रतिक्रिया दिनुहोस्