जनतालाई सघाउन जनश्रमदानमा जुटे विप्लवका केन्द्रीय नेता

| २०७८ चैत १० गते २१: १५ मा प्रकाशित

काठमाडौ । शान्ती प्रकृयामा आएको नेकपा नेत्र विक्रम चन्द्र विप्लव समुह अव प्रत्यक्ष जनताको सम्पर्कमा रहेर काम गर्न थालेको छ । निर्वाचनमा भाग लिन्छ की लिँदैन भन्ने कुराको वहस चलिरहेको बेला विप्लव समुह जनश्रमदानमा लागेको छ । सो पार्टीका शीर्ष नेताहरु नै जनताका खेतमा जनश्रमदान गर्न पुगेका छन् । कपिलवस्तुस्थित पार्टीको केन्द्रीय समिति बैठकमा सहभागी भएका नेतहरुले श्रमदान गरेका हुन् ।

सो पार्टीका प्रवक्ता खड्गबहादुर विश्वकर्मा प्रकाण्डले बिहीबार नेताहरु शिवगढीस्थित केन्द्रीय जनकम्युनमा श्रमदानमा सहभागी भएको जानकारी दिए । नेपाल कम्युनिष्ट पार्टीको केन्द्रिय समितिको १२ औं पुर्ण बैठकमा सहभागी नेताहरू केन्द्रीय जनकम्युन, शिवगढी कपिलवस्तुमा श्रममा सहभागी हुँदै’, उनले सामाजिक सञ्जालमार्फत तस्बिरसहितको जानकारी दिएका छन् । सो क्रममा नेताहरु जनताको गहुँ काट्ने काममा सरिक भएका थिए ।

यो पनि नेकपा एमालेले अरू पार्टीबाट सकेसम्म धेरै कार्यकर्ता पार्टीमा भित्र्याउने तर, राष्ट्रिय रूपमा कुनै पनि राजनीतिक दलसँग चुनावी तालमेल नगर्ने रणनीति तय गरेको छ ।

चैत्र ९ र १० गते काठमाडौंमा बसेको एमालेको केन्द्रीय कमिटीको तेस्रो बैठकले स्थानीय तहको निर्वाचनमा पार्टीलाई सर्वाधिक मत सहित देशभर पहिलो शक्तिको रुपमा स्थापित गर्ने निर्णय गरेको छ ।

एमालेको प्रचार विभाग उपप्रमुख विष्णु रिजालले अत्याधिक बहुमतका साथ आसन्न निर्वाचनमा एमालेलाई पहिलो पार्टीको रुपमा स्थापित गर्ने निर्णय केन्द्रीय कमिटीको बैठकले गरेको जानकारी दिए । स्थानीय तहको निर्वाचन जित्नकै लागि देशभरका कमिटीले टोलटोलमा प्रतिस्पर्धी पार्टीका कार्यकर्ता एमालेमा भित्र्याउने रणनीति एमालेले बनाएको छ ।

प्रतिक्रिया दिनुहोस्