लगइन एजुकेशन बुटवल गोलपार्क मा शिक्षक लाइसेन्स तयारी अभिमुखीकरण कार्यक्रम सम्पन्न

| २०७८ चैत २७ गते १५: २१ मा प्रकाशित

लगइन एजुकेशन बुटवलमा शिक्षक लाइसेन्स तयारी अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ । शनिबार बुटवल ३ गोलपार्कमा रहेको लगइन एजुकेशन एण्ड टेक्निकल नेटवर्कमा अभिमुखिकरण कार्यक्रम सम्पन्न भएको हो । शिक्षक लाइसेन्स तयारी कक्षा लिन इच्छुक विद्याथीहरुलाई मध्यनजर गर्दै गरिएको अभिमुखिकरण कार्यक्रममा सामाजिक डिभीजन कार्यलय पाल्पाका शिक्षा प्रमुख हरि अर्याल सरले शिक्षा क्षेत्रमा रामो करीयर रहेको र तिव्र प्रतिस्प्रधा रहेकोले नयाँ ढङ्गबाट जुट्नुपर्नै बताउनु भयो ।

 साथै उक्त कार्यक्रममा शिक्षा शाखा क्षेत्रका शिक्षा अधिकृत बिष्णु प्रसाद बेल्वासे सरले पनि आफ्नो अनुभव सहित  शिक्षा क्षेत्रमा रामो करीयर रहेको बताउनु भएको थियो । उक्त कार्यक्रममा निजामति क्षेत्रका कर्मचारिहरु, पनि उपस्थिति रहेको र आफ्ना अनुभवहरु बताउनु भएको थियो । अभिमुखिकरणमा ६० भन्दा बढी विद्याथीहरुको उपस्थिती रहेको थियो । शिक्षक लाइसेन्स तयारीमा बसेका विद्याथहिरुको माग अनुरुप कार्यक्रम गरिएको र चैत्र  २८ गतेबाट निरन्तर रुपमा शिक्षक लाइसेन्स कक्षाहरु सञ्चालन हुने सञ्चालक अर्जुन खनालले जानकारी दिए । 

लगइन एजुकेशनका सञ्चालक अर्जुन खनालको सभापतित्व रहेको कार्यक्रमको सञ्चालन गणेश भण्डारीले गर्नुभएको थियो । साथै यस संस्थाका सञ्चालक माया घिमिरेले तयारीमा जुट्नुभएका बिधार्थिहरुलाइ मिति २०७८-१२-२६ र २७ गते सम्म भर्ना हुनेलाइ तोकिएको शुल्कमा १० प्रतिशत छुट दिने जानकारी गराउनु भएको थियो ।

प्रतिक्रिया दिनुहोस्