रुपन्देहीको रोहिणी खोलामा रात्रिबस दुर्घटना: ९ जनाको मृ'त्यु

| २०७९ जेठ २२ गते १८: ३५ मा प्रकाशित

रुपन्देही । रुपन्देहीको रोहिणी खोलामा रात्रिबस दुर्घटना हुँदा ९ जनाको मृत्यु भएकाे छ । अरु २३ जना यात्रु घाइते भएका छन् ।

जनकपुरबाट भैरहवाका लागि छुटेको बस भैरहवा–परासी हुलाकी राजमार्ग खण्ड रोहिणी पुलबाट खोलामा खसेको जिल्ला प्रहरी कार्यालय रुपन्देहीले जनाएको छ।

लु २ ख ३८४१ नम्बरको बस बिहान दुर्घटना भएको छ । घाइतेहरुकाे भीम अस्पताल र भैरहवा मेडिकल कलेजमा उपचार भइरहेको छ ।

 

प्रतिक्रिया दिनुहोस्