आफैंले हानेको गोली लागेर भारतीय दूतावासमा सुरक्षाकर्मीको मृ'त्यु

| २०७९ असार २० गते १४: ५२ मा प्रकाशित

काठमाडौं । काठमाडौंस्थित भारतीय दूतावासमा कार्यरत एक सुरक्षाकर्मीले आफैंलाई गोली हानेका छन् ।

सोमबार विहान ९ बजेतिर एक सुरक्षाकर्मीले आफैंलाई गोली हानेको र उनको मृत्यु भएको दूतावास स्रोतले जानकारी दिएको छ ।

भारतीय दूताबासमा छुट्टै सुरक्षाकर्मी खटाउँछ । घटना भएको जानकारी दिएको भारतीय पक्षले आफैं छानविन गर्ने बताएको नेपाल प्रहरी स्रोतले बतायो ।अनलाइन खबर बाट साभार 

 

प्रतिक्रिया दिनुहोस्