घनश्याम भूसालले पाए त्रिभुज चुनाव चिह्न

| २०७९ असोज २६ गते १७: १७ मा प्रकाशित

 काठमाडौं । नेकपा एमाले त्यागेर रुपन्देही–१ मा स्वतन्त्र उम्मेदवारी दिएका घनश्याम भूसालले चुनाव चिह्न त्रिभुज पाएका छन् ।

निर्वाचन कार्यक्रम अनुसार बुधबार उम्मेदवारहरुलाई निर्वाचन अधिकृतको कार्यालयले चुनाव चिह्न दिएको छ ।

त्यस क्रममा भूसाललाई त्रिभुज चिह्न दिएको हो । भूसालले त्रिभुजको तीन कुनालाई लोकतन्त्र, सामाजिक न्याय र विकास भनी व्याख्या गरेका छन् ।रासस 

 

प्रतिक्रिया दिनुहोस्