सन्दीप लामिछानेलाई थुनामा पठाउन आदेश

| २०७९ कार्तिक १८ गते १४: ४६ मा प्रकाशित

 काठमाडौं । बलात्कार आरोप लागेका क्रिकेटर सन्दीप लामिछाने  पुर्पक्षका लागि थुनामा पठाइएका छन् । काठमाडौं जिल्ला अदालतका न्यायाधीश माधवप्रसाद घिमिरेको इजलासले उनलाई पुर्पक्षका लागि थुनामा पठाउन आदेश दिएको जिल्ला सरकारी वकिल कार्यालयका सहन्यायाधिवक्ता अच्युतमणि नेउपानेले जानकारी दिए ।

गत मंगलबारदेखि चलेको थुनछेक बहसमा शुक्रबार सरकारी वकिलले बहस गरेपछि न्यायाधीशले आदेश सुनाएका हुन् ।source- online khabar 

प्रतिक्रिया दिनुहोस्