विप्लव नेतृत्वको नेकपासहित तीन पार्टीले ल्याए चुनाव विरोधी कार्यक्रम

| २०७९ कार्तिक २० गते १८: ३० मा प्रकाशित

काठमाण्डौ। संसद बाहिर भएका तीन पार्टीले चुनावी विरोधका कार्यक्रम सार्वजनिक गरेका छन् । नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपा, विश्वभक्त दुलाल नेतृत्वको वैज्ञानिक समाजवादी, ऋषि कट्टेल नेतृत्वको नेकपाले कात्तिक ३० गतेसम्मका चुनाव विरोधका कार्यक्रम सार्वजनिक गरेका हुन् । 

आइतबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै विप्लव नेतृत्वको नेकपा प्रवक्ता खड्गबहादुर विश्वकर्मा ‘प्रकाण्ड’ वैज्ञानिक समाजवादीका संयोजक विश्वभक्त दुलाल ‘आहुति’ र नेकपा अध्यक्ष कट्टेलले आन्दोलनका कार्यक्रम सार्वजनिक गरेका छन् ।

राजनीतिक सभाको रुपमा काठमाडौंमा २४ गते, बुटवल र इटहरीमा २६ गते र पोखरामा २८ गते र सुर्खेत र धनगढीमा ३० गते कार्यक्रम राखेका छन् ।  यस्तै विरोध प्रदर्शन र कोणसभा कात्तिक २६ गतेदेखि २० गतेसम्म राखिएको छ । स्थानीय, जिल्ला र देशव्यापी रुपमा आ–आफ्नो अनुकूलतामा चुनाव विरोधी कार्यक्रम गर्न सक्ने कार्यतालिकामा उल्लेख छ । source- ratopati

प्रतिक्रिया दिनुहोस्