गुल्मी क्षेत्र २ बन्याे एमालेकाे लाल किल्ला

| २०७९ मंसिर ७ गते २१: ५९ मा प्रकाशित

गुल्मी।गुल्मी क्षेत्र न २ सहित दुवै प्रदेशमा एमाले विजयी भएको छ। एमालेका गोकर्ण बिष्टले २८५८५ मत प्राप्त गर्दै बिजयी भएका हुन्। त्यस्तै गठबन्धनकि रामकुमारी झाक्रीले २६४४१ मत प्राप्त गरेकी हुन्।

त्यस्तै गुल्मी क्षेत्र न २ क मा एमालेका डिल्लीराज भुसाल बिजयी भएका छन्। भुसालले १४१३० मत प्राप्त गर्दै गठबन्धनका उमेदवार भुवन प्रसाद श्रेष्ठलाई पराजित गरेका छन्।

श्रेष्ठले १३८८० प्राप्त गरेका छन । भुसालले ०७४ मा रेसुङा नगरको मेयरमा पनि पराजित गरेका थिए। त्यस्तै गुल्मी क्षेत्र न २ ख मा एमालेका दिनेश पन्थी विजयी भएका छन्। उनले गठबन्धनका उमेदवार बुद्धि जिसीलाई पराजित गरेका हुन्। पन्थीले १३९२९ र जिसिले १३८१९ मत प्राप्त गरेका छन्।

उनीहरु पुराना सहकर्मी हुन्। पन्थी ०७४ को निर्वाचनमा पनि लुम्बिनी प्रदेश सभा सदस्यमा निर्वाचित भएका थिए।

प्रतिक्रिया दिनुहोस्