राप्रपाको संसदीय दलको नेतामा राजेन्द्र लिङ्देन चयन

| २०७९ पौष ५ गते १७: ४३ मा प्रकाशित

काठमाडौँ। राष्ट्रिय प्रजातन्त्र पार्टीको संसदीय दलको नेतामा अध्यक्ष राजेन्द्र लिङ्देन चयन भएका छन्।

 मंगलबार बसेको संसदीय दलको बैठकले लिङ्देनलाई सर्वसम्मत रुपमा नेता चयन गरेको हो।

 प्रतिनिधिसभामा राप्रपाका १४ सांसद छन्। जसमध्ये ७ जना प्रत्यक्ष र ७ जना समानुपातिक पद्धतिबाट निर्वाचित भएका हुन्।

प्रतिक्रिया दिनुहोस्