सेयरबजार माग सम्बोधनमा राष्ट्र बैंकसंग छलफल गर्छु : अर्थमन्त्री बिष्णु पौडेल

| २०७९ पौष १४ गते २०: २७ मा प्रकाशित

काठमाण्डौ। आर्थिक समृद्धिका लागि सेयर बजारमा अर्थमन्त्री बिष्णु पौडेलले लगानीकर्ताको माग पुरा गर्न सम्बन्धीत निकायहरुसँग समन्वय गर्ने  बिहिबार अर्थमनत्रालयमा भएको सेयर लगानीकर्ताहरुसँगको सयुक्त भेटवार्तामा बताउनुभयको छ ।

नवनियुक्त अर्थमन्त्री पौडेललाई बधाई तथा शुभकामना दिन मन्त्रालय पुगेका सेयर लगानीकर्ताहरुको समुहले सेयर बजार सुधार र दिगो विकासको लागि ४ बुँदे माग सहितको सुझाव दिएका अर्घाखाँची बुलेटिसंग कुरा गर्दे शेयर लगानीकर्ता संघ नेपालका अध्यक्ष तारा प्रसाद फुल्लेलले जानकारी गराउनु भएको छ। जसमा उनीहरुले राष्ट्र बैंकले तोकेको सेयर धितोकर्जाको १२ करोड रुपैयाँको सीमा हटाउन, मार्जिन कर्जाको जोखिम भारित औषत १५० बाट झारेर १०० प्रतिशत कायम गर्न, ब्रोकर कमिशन घटाउन र हाल अदालतमा मुद्दा चलिरहेको बैंकलाई ब्रोकर लाइसेन्सको विषय यथाशिघ्र टुंगो लगाएर बैंकलाई लाइसेन्स दिने प्रक्रिया अघि बढाउन माग राखेका थिए ।

 माग राख्दै सेयर बजारका लागनीकर्ताहरुको संगठन नेपाल इन्भेष्टमेन्ट फोरममा वर्तमान अध्यक्ष तुलसीराम ढकाल र पुर्व अध्यक्ष छोटलाल रौनियार, सेयर बजार लगानीकर्ता संघका कार्यवाहक अध्यक्ष ताराप्रसाद फुल्लेल लगायतका लगानीकर्ताहरु थिए ।

लगानीकर्ताहरुको सुझाव सहितको माग सुनेपछि अर्थमनत्री पौडेलले आफु सेयर बजारप्रति पहिलो कार्यकालदेखि नै सकारात्मक रहँदै आएको उल्लेख गरनु भयको  थिए । उहाँले लगानीकर्ताहरुको माग पुरा गर्नको लागि राष्ट्र बैंक र धितोपत्र बोर्डसँग छलफल गरी नीति निर्देशनहरु परिमार्जन गर्न लगानीकर्ताहरुसँग समन्वय गर्ने प्रतिवद्धता सम्म गर्नुभएको छ     ।
‘आर्थिक समृद्धिका लागि सेयर बजार अपरिहार्य छ, तपाईहरुको सुझाव टिपोर्ट गरेको छ, राष्ट्र बैंक र धितोपत्र बोर्डसँग छलफल गरी तपाईहरुसँग थप छलफल हुनेछ ।’

आफु अर्थमन्त्री हुँदा सेयर बजार १८ सयको बिन्दुबाट ३२ सयसम्म पुगेको स्मरण गर्दै मन्त्री पौडेलले भविष्यमा पनि आर्थिक नीति र मौद्रिक नीति सेयर बजार मैत्री निर्माण गरिने आश्वसन लगानीकर्ताहरुलाई  दिनुभएको शेयर लगानीकर्ता संघ नेपालका अध्यक्ष ताराप्रसाद फुल्लेलले अर्घाखाँची बुलेटिन डटकमका प्रत्रकार सुजन न्यौपाने संग फोन कुराकानीमा बताउनु भएको हो ।

प्रतिक्रिया दिनुहोस्