रेसुङा नगरपालिकाद्वारा रेसुङ्गा क्यामपसलाइ आर्थिक सहयोग हस्तान्तरण

| २०७९ पौष १८ गते २२: ०० मा प्रकाशित

गोकर्ण पाण्डे ,गुल्मी । गुल्मीको शैक्षिक धरोहरका रुपमा रहेको रेसुङ्गा बहुमुखी क्याम्पसलाई रेसुङ्गा नगरपालिकाले  ५० लाख आर्थिक सहयोग गरेको छ । नगरप्रमुख खिलध्वज पन्थीले आज नगरपालिकाको कार्यालयमा एक कार्यक्रमका बिच रेसुङ्गा बहुमुखी क्याम्पस  संचालक समितिका अध्यक्ष  श्रीप्रसाद भलामीलाई ५० लाखको चेक हस्तान्तरण गरेका हुन।

चेक हस्तान्तरण गर्दै नगरप्रमुख पन्थीले गुल्मी जिल्लाको   शैक्षिक धरोहरका रुपमा रहेको  यस क्याम्पस  धेरै बिद्यार्थीको भबिष्यसँग जोडिएको बताए ।

 रेसुङ्गा बहुमुखी क्याम्पस

क्याम्पस संचालक समितिले यस क्याम्पसमा आर्थिक संकटकाल घोषणा गरेको समयमा नगरपालिकाले एक करोड दिने घोषणा गरेको थियो।क्याम्पसमा आर्थिक दायित्व बढेकोले आर्थिक सहयोग गर्ने निर्णय अनुसार क्याम्पसलाई  सहयोग गरिएको नगरप्रमुख पन्थीले बताए । 

 रेसुङ्गा बहुमुखी क्याम्पसलाई रेसुङ्गा नगरपालिकाले  ५० लाख आर्थिक सहयोग गरेको छ 

क्याम्पसलाई पुरानै लयमा फर्काएर नयाँ ढंगबाट जोगाउनका लागि नगरपालिकाले आगामी दिनमा पनि सहयोग गर्ने नगरपालिकाका प्रमुख पन्थीको भनाइ छ ।  नगरपालिकाले बाकी रहेको ५० लाख सहयोग छिटै दिने नगरप्रमुख पन्थीले बताए ।

प्रतिक्रिया दिनुहोस्