पत्रकार ऋषि धमलामाथि आक्षेप लगाउने शर्मिलाले विष पिइन्

| २०७९ फागुन १८ गते १३: ३८ मा प्रकाशित

आफूलाई सामाजिक अभियन्ता भन्ने शर्मिला वाइबाले विष सेवन गरेर आत्महत्याको प्रयास गरेकी छिन् । उनले काठमाडौंको बानियाँटारस्थित आफ्नो निवासमा हिजो राति विष पिएकी हुन् । 

पत्रकार ऋषि धमलामाथि विभिन्न आक्षेप लगाएर एकाएक चर्चामा आएकी उनको वीर अस्पतालमा उपचार भइरहेको छ । हाल उनी खतरामुक्त  रहेको बताइएको छ । बोल्न सक्ने अवस्थामा आएपनि उनले अहिलेसम्म विष सेवन गर्नुको कारण भने खुलाएकी छैनन् । 

वाइबाले सामाजिक सञ्जालमा एकदमै विवादास्पद अभिव्यक्ति दिँदै आएकी छिन् । केही समय अघिमात्रै पत्रकार धमलासँग आफ्नो नाम जोड्दा उनी विवादमा तानिएकी थिइन् ।

प्रतिक्रिया दिनुहोस्